default_image

6 years ago

March 17, 2019

नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

121 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसँग पराजित भएपछि सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो ।

यसअघि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ३-० र दोस्रोमा बंगलादेशलाई ३-० ले नै पराजित गरेको थियो । बंगलादेशले पहिलो खेलमा भुटानलाई २-० ले पराजित गरेपछि समूह उपविजेता बन्न सफल रह्यो ।

समूह बी मा भारत शीर्षस्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले हराएको भारतले आइतबार श्रीलंकालाई ५-० ले पराजित गरेपछि शीर्षस्थान पक्का गरेको हो । त्यसअघि माल्दिभ्सलाई २-० ले‌ पराजित गरेपछि श्रीलंका सेमिफाइनल पुगेको थियो ।

बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका विहान ११ बजे खेल्नेछन् । दोस्रो सेमिफाइनल ३ बजे भारत र बंगलादेशबीच हुनेछ ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.