6 years ago
March 16, 2019
एजेन्सी – रुसमा गतवर्ष सम्पन्न फिफा विश्वकप २०१८ यता पहिलो पटक क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका छन् । युरोपियन कप अन्तर्गतको छनोट खेलका लागि रोनाल्डो फर्नान्डो सान्तोसको पोर्चुगिज टोलीमा अटाएका हुन् ।
युक्रेन र सर्विया विरुद्धको खेलका लागि प्रशिक्षक सान्तोसले उनालाई टोलीमा समावेश गरेका हुन् । पोर्चुगलले मार्च २२ मा युक्रेन र २५ मा सर्बियाको सामना गर्नेछ ।
रोनाल्डोले पछिल्लो पटक विश्वकपको अन्तिम १६ मा उरुग्वे विरुद्ध खेलेयता पोर्चुगलका लागि कुनै खेल खेलेका छैनन् । पोर्चुगल उक्त खेलमा २-१ ले पराजित भएको थियो । रोनाल्डो पोर्चुगल टोलीमा सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले १ सय ५४ खेलमा पोर्चुगलका लागि ८५ गोल गरेका छन् ।
रियल म्याड्रिडबाट यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले इटालियन क्लब युभेन्टसमा आफ्नो ध्यान केन्द्रित गर्न राष्ट्र टोलीबाट विश्राम लिएको बुझिएको थियो । रोनाल्डोले यो सिजन युभेन्टसबाट ३६ खेलमा २४ गोल गरि सकेका छन् । उनकै ह्याट्रिकको मद्दतले युभेन्टस च्याम्पियन लिग क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]