6 years ago
March 16, 2019
दिपक बोहोरा, इलाम
पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकपको उपाधि नजिक पुगेको छ । शनिबार नेपाल पुलिस क्लबलाइ २–० ले हराउदै दाउफिन्स उपाधिको नजिक पुगेको हो ।
दाउफिन्स माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको हो । मनाङ मर्स्याङदि क्लबले आन्तरीक कारण देखाउदै सहभागी नहुने भए पछि आयोजकले दाउफिन्सलाइ सहभागी गराएका थिए । दाउफिन्सले उपाधिको लागी भोली हुने हिमालयन शेर्पा क्लब र मेत्रि नेत्रालय काकरभिक्ता झापा बिचको बिजेता संग प्रतिस्पर्धा गर्ने छ । दाउफिन्सले नेपाल पुलिसलाई यस अघि बुटबलमा भएको तिलोतमा गोल्डकपमा पनि हराएको थियो ।
शनिबार इलामको ठुलो टुडिखेलमा भएको खेलमा खेलको १७ औं मिनेटमा अहोण्डा इसाको फ्रिकिकलाई टिनाटिनाले हेडरमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । दाउफिन्सका खेलाडीलाई पुलिसका खेलाडीले फाउल गरे पछि दाउफिन्सले फ्रिकिक पाएको थियो ।
सुरुवातदेखि नै पुलिसमाथि दवाव सिर्जना गरेको दाउफिन्सले खेलको ७१ औं मिनेटमा अहोण्डा इसाले गोल गर्दै दाउफिन्सलाई फाइनलको यात्रा तय गरे । खेल अवधि भर खेलमा फर्कने प्रयास गरे पनि पुलिस सफल भएन । ।खेलको म्यान अफ द म्याच विजेता दाउफिन्सका टिनाटिना घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । २६ फागुनदेखि संचालित प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता थियो । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन ।
माइभ्याली गोल्डकपमा भोलीको खेल : हिमालयन शेर्पा क्लब काठमाडौं र मेची नेत्रालय झापा
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]