default_image

6 years ago

March 16, 2019

धैर्यताले दिलाएको सफलता

186 views

0 Bookmark

सुबास हुमागाईं, विराटनगर

साफ महिला च्याम्पियनसिप अन्तर्गत शनिबार बंगलादेशविरुद्ध खेलमा नेपालका लागि डिफेन्डर पुजा रानाले राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् ।

पुजा राना मैदान प्रवेश गर्ने क्रममा

खेलको ७ मिनेट समय बाँकी रहँदा अनुभवी डिफेन्डर मनमाया लिम्बूको स्थानमा १७ वर्षीया पुजा मैदान प्रवेश गरेकी थिईन् । उमेर समुहमा यू-१४ टोलीको कप्तानी सम्हालिसकेकी पुजा कलिलो उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भइन् । तर यू-१४ टोलीको कप्तानीदेखि डेब्युसम्मको यात्रा उनको लागि खासै सम्झनलायक भने छैन ।

पुजा अहिले त्रिभुवन आर्मी क्लबमा अाबद्ध छिन्। सन् २०१५ मा नेपालमा अायोजित एएफसी यू-१४ रिजनल च्याम्पियन्सिपमा नेपाली टोलीको कप्तानी सम्हालेकी पुजाले उक्त प्रतियोगिता सकिएलगत्तै अार्मीसँग करार सम्झौता गरिन् । कलिलो उमेरमा अार्मीजस्तो स्थापित क्लबले अनुबन्धन गर्ने इच्छा देखाउनु चानचुने सफलता थिएन । उमेर पुगेपछि योग्यता अनुसारको जागिर दिने प्रस्ताव त छँदै थियो । तर पुजाको खेलाडी करिअरका लागि भने अार्मी जाने निर्णय त्यति फलदायी हुन सकेन ।

सन् २०१५ अप्रिल २५ को मिति नेपाली फुटबलको इतिहासमा सुखद दिन हुने धेरैले अपेक्षा गरेका थिए । एएफसी यू-१४ क्षेत्रिय प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेश अामने-सामने हुँदै थिए । सेमिफाइनलमा भारतलाई हराएर उच्च लयमा रहेको नेपाली टोली दशरथ रंगशालामा उपाधि जित्न तयार थियो । तर मध्यान्ह ११:५५ को महाभूकम्पले सबै तहसनहस पारिदियो । प्रतियोगिता स्थगित भयो ।

मैदान छिरेपछि पुजा

झन्डै ७ महिनापछि लगनखेलस्थित अार्मी प्रशिक्षण केन्द्रको मैदानमा फाइनल खेल पुन: खेलाइयो । तर विडम्बना नेपाल १-० ले पराजित हुन पुग्यो । पुजासँगै समकालीन डिफेन्डर निशा ठोकर र मनीषा राउतले अार्मीको करार प्रस्ताव स्विकारे । तर राष्ट्रिय खेलाडीले भरिपूर्ण अार्मी टोलीमा उनीहरुले स्थान बनाउन सकेनन् । कुनैपनि प्रतियोगिताको अन्तिम १८ मा पर्न पनि अार्मीमा तीव्र प्रतिस्पर्धा हुने गर्दथ्यो । राष्ट्रिय टोलीका दुवै डिफेन्डर अार्मीमै रहेकाले खेल्ने अवसर त सोचबाहिर थियो । दुई वर्षसम्म पुजा अार्मी टोलीमा पर्ने सकिनन् । यसबीचमा निशा एपीएफ र मनीषा अार्मी छाडेर मध्यमाञ्चलतर्फ लागिसकेका थिए । तर पुजाले हार मानिनन् ।
अार्मीले २०७५ सालमा किशोर केसीलाई प्रशिक्षकको जिम्मेवारी दिँदै भित्र्याएसँगै पुजालाई केहि सहज भयो । तत्कालीन यू-१४ टोलीका प्रशिक्षक केसीले पुजाको खेल लामो समयदेखि बुझेका थिए । डिफेन्समा समस्या नरहेका कारण उनले पुजालाई मिडफिल्डमा उतार्ने जमर्को गरे । अार्मीमा चोटका कारण मिडफिल्डर सुनिता योन्जनले अपेक्षित प्रदर्शन गर्न नसक्दा पुजाले वैकल्पिकका‌ रुपमा मैदान छिर्दै अार्मीका लागि पहिलो खेल खेलिन् । त्यसयता उनले अधिकांश समय मिडफिल्ड र अावश्यकता पर्दा डिफेन्समा खेल्न पाइन् ।

उमेर समूहबाट फुटबलमा प्रवेश गरेकी पुजालाई अर्को उमेर समूह प्रतियोगिताले राष्ट्रिय टोलीको बाटो खोलिदियो । साफ यू-१८ च्याम्पियन्सिप र एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरणमा गरेको उत्कृष्ट प्रदर्शनले उनलाई राष्ट्रिय टोलीको प्रारम्भिक छनोटसम्मको यात्रा तय गर्न सहज भयो । छनोटमा घाइते भएपछि उनको सम्भावना केहि धुमिल देखियो र उनले म्यानमारमा भएको अोलम्पिक २०२० को प्रारम्भिक चरणमा स्थान बनाउन सकिनन् ।

साफ च्याम्पियनसिपको तयारीस्वरुप महिला टोलीले भारतमा योजना हुने हिरो गोल्डकप खेल्ने भयो । प्रशिक्षक खड्काले उनलाई छनोटमा फेरी बोलाए र उनले यसपटक कडा मिहिनेत गरिन् । नतिजा २३ सदस्यीय टोलीमा पुजा अटाइन् । लगत्तै घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपका लागि पनि पुजा अन्तिम टोलीमा स्थान बनाउन सफल भइन् । पहिलो खेलमा पुरै समय बेन्चमा रहेकी पुजाले दोस्रो खेलमा वैकल्पीक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।

डेब्यु गरेपछि हाम्रोखेलकुदसँग बोल्दै पुजाले खुसी साटीन् । ‘ निकै खुसी लागिरहेको छ । मैले गरेको निरन्तर मिहिनेत आजको खेलमा सार्थक भएको महसुस गरेको छु । यहाँसम्म आइपुग्न साथ दिनुहुने सबै प्रशिक्षकलाई बिर्सन सक्दिन । अबको यात्राको लागि अझै मिहिनेत गर्नुपर्छ भन्ने बुझेको छु,’ पूजाले भनिन् ।

आर्मीमा गर्नुपरेको संघर्षबारे भने पुजा खुलेर बोल्न चाहिनन् । ‘ मैले नियमित परिश्रम गरेर नै यहाँ आएको हुँ । जतिबेला मैले खेल्न पाइंन त्यसबेला निकै कठिन समय थियो । तर जब मौका पाएँ त्यसलाई सदुपयोग गर्नुको विकल्प मसँग थिएन । मैले अवसरको महत्त्व राम्रोसँग बुझें र यसलाई हात पारेर छाड्ने संकल्प गरें,’ उनले भनिन् ।

कलिलो उमेरमा राष्ट्रिय टोलिबाट डेब्यु गरेकी पुजाको खेल्ने शैली उनको स्वभावको ठिक विपरित छ । बोल्दा जति नम्र छिन् मैदान उत्रेपछि विपक्षीको लागि जब्बर खडा भइदिन्छिन् । प्राकृतिक पोजिसन डिफेन्स भएपनि आर्मीमा उनले रक्षात्मक मिडफिल्ड र राइट डिफेन्स खेल्ने शैलीको पनि विकास गरेकी छिन् । उनको प्राकृतिक खेल र आर्मीमा सिकेको नयाँ कलाले उनलाई थप बलियो बनाएको छ ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.