default_image

6 years ago

March 16, 2019

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

135 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – आयोजक नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ ।

समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो । हारले पनि बंगलादेश समूह उपविजेता बन्यो । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको खेल आइतबार हुनेछ । दुवै टोलीले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

विराटनगरस्थित सहिद रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले सावित्रा भण्डारी (साम्वा) र मन्जली कुमारी योन्जनको गोलबाट पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । एक गोल भने नेपालले उपहार पाएको थियो ।

खेलको सुरुवातबाटै नेपालले आक्रमक खेल पस्केको थियो । खेलको छैटौं मिनेटमा सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपनि सोही मिनेटमा नेपालले आत्मघाती गोलबाट अग्रता बनायो । कप्तान निरु थापाको चलाखीपुर्ण पासमा सावित्राले गोलरक्षकलाई बिट गरेपनि गोल गर्न सकेकी थिइनन् ।

सोही समयमा अनिता बस्नेतको क्रसमा मसुरा प्रभिनले हेडमार्फत बचाउन खोजेपनि गोल हुन पुगेको थियो । १०औं मिनेटमा कप्तान निरु थापा पनि वान भर्सेस वानमा चुकिन् । उनको फितलो चिप प्रहार पहिलो बारबाट थोरै बाहिरियो । १५औं मिनेटमा मन्जली कुमारी योन्जको पेनाल्टी एरियाभित्रको प्रहारलाई बंगलादेशकी गोलरक्षक रुपना चक्नाले मुस्किलले बचाइन् ।

१७औं मिनेटमा सावित्रा भण्डारीको हेडर पोस्टबाट थोरै बाहिरियो । लगतार दुई सुन्दर मौका खेर फालेको सावित्राले २३औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–० को अग्रता बनाइन् । उनले डिफेन्डरबाट बल खोस्दै गरेको प्रहार दोस्रो नजिकबाट गोल भएको थियो ।

२८औं मिनेटमा मन्जली कुमारी योन्जनले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । सावित्राले बक्सभित्र उपलब्ध गराएको पासलाई मन्जलीले वान टचमै गोल गर्न सफल भएकी थिइन् । बंगलादेशले भने नेपालको पोस्टमा गतिलो अक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा पनि नेपालले बंगलादेशमाथि दवाव सिर्जना गरेपनि थप गोल गर्न सकेन । ५८औं मिनेटमा सावित्रा भण्डारीको शक्तिशाली प्रहारलाई ससमासुरा परभिनले बचाइदिए । ६४औं मिनेटमा सावित्राको प्रहारलाई मसुराले त्यसरी नै बचाइदिए । त्यसपछि थप गोल हुन नसक्दा नेपाल ३–० विजयी हुन सफल भयो ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.