default_image

6 years ago

March 16, 2019

बंगलादेशविरुद्ध सुरुवाती ११ सार्वजनिक, टोलीमा एक परिवर्तन

117 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । पछिल्लो खेलबाट प्रशिक्षक हरि खड्काले एक परिवर्तन गरेका छन् ।

डिफेन्समा एक परिवर्तनस्वरुप पुनम जर्घामगर टोलीमा फर्किएकी हुन् । उनले अमृता जैशीको स्थान लिनेछिन् । पुनमले पछिल्लो समय निरन्तर सुरुवाती रोजाईमा खेलेपनि प्रशिक्षक खड्काले भुटानविरुद्ध अमृतालाई मौका दिएका थिए ।

गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बाले निरन्तरता पाउनेछिन् । डिफेन्समा गीता राना, हिराकुमारी भुजेलसँगै मनमाया लिम्बू र पुनमले उनीहरुलाई साथ दिनेछन् । मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटे रहनेछन् ।

विङ्गमा अनिता बस्नेत र मन्जलीले आक्रमणलाई सहयोग दिनेछन् । कप्तान निरु थापा र सावित्रा भण्डारीले पछिल्लो खेलको कमजोरी सुधार्दै गोलसंख्या बढाउने लक्ष्य पूरा गर्ने अपेक्षा राखिएको छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.