default_image

6 years ago

March 16, 2019

राष्ट्रिय टोलीमा नयाँ अनुहारको बाहुल्यता

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मार्च २१ मा कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यसका लागि नेपाली टोलीले पछिल्लो एक सातादेखि प्रशिक्षणमा व्यस्त छ ।

नवनियुक्त प्रशिक्षक योहान कालीनले सिधै २३ सदस्यीय नेपाली टोली छनोट गरेर एन्फा मुख्यालय सातदोबाटोको एस्ट्रो टर्फमा नियमित प्रशिक्षण गराइरहेका छन् । उनलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले साथ दिइरहेका छन् । सिनियर राष्ट्रिय टिममा यसपटक धेरै नयाँ अनुहारहरुले स्थान बनाएका छन् । पहिलो रोजाईका अधिकांश खेलाडीहरु एएफसी यु–२३ च्याम्पियनसिपको टोलीमा रहका कारण कुवेतविरुद्धको मैत्रीपुर्ण खेलका लागि यसपटक नयाँ खेलाडीहरु मौका पाएका छन् ।

सिनियर टिमका पहिलो रोजाईका फरवार्ड बिमल घर्तीमगर, अन्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, हेमन्त थापामगर, सुनिल बल र तेज तामाङ एएफसी यु–२३ लागि व्यस्त छन् । त्यसैले यसपटक नयाँ खेलाडीहरुले राष्ट्रिय टिमबाट डेब्यु गर्ने सम्भावना छ ।

यसपटक नेपाल एपीएफ क्लबका आशिष लामा पहिलोपटक राष्ट्रिय टिमको क्याम्पमा पर्दा अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, रवि पासवान, टंक बस्नेत र विमल रानाले लामो समयपछि राष्ट्रिय टोलीको क्याम्पमा पुनरागमन गरेका छन् । यीमध्य अधिकांश खेलाडीले क्याम्पसम्मको यात्रा तय गरिसकेका थिए भने केहिले टोलीमा परेपनि डेब्यु गर्न भने बाँकी रहेको थियो ।

यसैगरी विक्रम लामा, रञ्‍जित धिमाल, रन्जन विष्ट र सुमन लामा चोटबाट पुनरागमन गर्दै टोलीमा फर्किएका छन् । विक्रम गत वर्ष धरानमा भएको बुढा सुब्बा गोल्डकप दौरान चोट बोकेपछि टोलीबाट बाहिर रहेका थिए । सुमन, रंजन र रञ्‍जित पनि साफको छनोटदौरान घाइते भएपछि राष्ट्रिय टोलीमा परेका थिएनन् ।

प्रशिक्षक किरण श्रेष्ठ र मुख्य प्रशिक्षक योहान कालीन

नेपाली टिमका कप्तान विराज महर्जनले नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा राम्रो भएकाले कुवेतविरुद्ध सकरात्मक नतिजाको लागि खेलिने बताए । ‘नयाँ प्रशिक्षकको प्रशिक्षण शैली निकै राम्रो छ । हामीले छोटो समयमै उहाँको प्रशिक्षणमा अभ्यस्त हुन खोजेका छौं । पहिलो रोजाईका अधिकांश खेलाडीहरु नभएपनि नयाँ खेलाडीहरुले प्रशिक्षणमा मिहेनत गरेका छन्,’ प्रशिक्षण दौरान कप्तान महर्जनले भने ।

यता नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले तयारी राम्रो भैरहेकाले कुवेतविरुद्ध राम्रो खेल पस्कने बताए । उनले टिममा यसपटक थुप्रै नयाँ अनुहार रहेकाले यसपटक सकरात्मक नतिजाकै लागि खेलिने बताए । नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा कुवेतविरुद्धको खेल पहिलो खेल हुनेछ ।

मुख्य प्रशिक्षक योहान कालिनले मैत्रीपुर्ण खेल अनुभव बटुल्ने खेल हुने बताएका छन् । कुवेतपछि २६ मार्चमा मलेसियासँग मैत्रीपुर्ण खेल खेल्ने तय भएपनि उक्त खेल स्थगित भैसकेको छ ।

कुवेत भ्रमणका लागि नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, देवेन्द्र तामाङ, अजित भण्डारी, रञ्‍जित धिमाल, सुरज विक, रवि सिलवाल, सरोज दाहाल
मिडफिल्डर : विक्रम लामा, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, सुमन लामा, रवि पासवान, टंक बस्नेत
फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, रन्जन विष्ट र विमल राना

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.