default_image

6 years ago

March 15, 2019

बार्सिलोना र युनाइटेड खेल्ने, युभेन्ट्सलाई सहज

168 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र शुक्रबार न्योनमा सम्पन्न भएको छ ।

ड्रअनुसार क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो भने युनाइटेडले पेरिस सेन्ट जर्मेनको चुनौती पार गरेको थियो ।

इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्सको सामना गर्नेछ । आयाक्स साविक विजेता रियल म्याड्रिडलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो । रियललाई पछिल्लो ३ सिजन लगातार उपाधि दिलाएका रोनाल्डोले अब युभेन्ट्सबाट आयक्ससँग खेल्नेछन् । युभेले एटलेटिको म्याड्रिडलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।

पछिल्लो सिजन उपविजेतामा सिमित भएको लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोसँग खेल्नेछ । लिभरपुलले जर्मन च्याम्पियन बायर्न म्युनिख र पोर्टोले एएस रोमालाई हराएका थिए । अर्को खेलमा दुई इंग्लिस टोली आमने-सामने हुँदैछन् । टोटेनहम हट्सपर र म्यानचेस्टर सिटीले एकआपसमा खेल्नेछन् । दुवै टोलीले जर्मन प्रतिद्वन्द्वीलाई हराएका थिए । टोटेनहमले बोरुसिया डर्टमुन्ड र सिटीले साल्केलाई पराजित गरेका हुन् ।

प्रतियोगिताको सेमिफाइनलको ड्र पनि सार्वजनिक भएको छ । टोटेनहम र सिटीको विजेताले आयक्स र युभेन्ट्सको विजेतासँग खेल्नेछ । बार्सिलोना र युनाइटेडबीच खेलको विजेताले लिभरपुल र पोर्टोको खेलको विजेतासँग फाइनल प्रवेशका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

April 30, 2025

पिएसजीसँग आर्सनलको हार

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]

April 29, 2025

एपिएफ महिला फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]

Success

Thank you for your time.