6 years ago
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरको कप्तानीमा एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण खेल्ने यू-२३ टोलीको घोषणा भएको छ । प्रतियोगिता मार्च २२ देखि २६ सम्म कतारमा आयोजना हुँदैछ ।
राष्ट्रिय टोलीका खेलाडी समेत संलग्न रहेको टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज तामाङसँगै डिफेन्डर कमल श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशी पनि टोलीमा अटाएका छन् । यसअघि यू-२३ टोलीबाट खेलिसकेका अमित तामाङ, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी र तेज तामाङ पनि टोलीमा अटाएका छन् ।
पूर्ण टोली :
गोलरक्षक : अर्पण कार्की, दिप कार्की, रोमन रसाइली
डिफेन्डर : अमित तामाङ, अनन्त तामाङ (उपकप्तान), असिम भुषाल, विकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ
मिडफिल्डर : अभिषेक रिजाल, एरिक विष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ, नितिन थापा
फरवार्ड : विमल घर्ती मगर (कप्तान), अन्जन विष्ट, धिरज श्रेष्ठ, प्रेजेन तामाङ
नेपालको खेल तालिका :
२२ मार्च २०१९ – १९:४५ बजे – नेपाल विरुद्ध ओमान
२४ मार्च २०१९ – २१:४५ बजे – कतार विरुद्ध नेपाल
२६ मार्च २०१९ – २१:४५ बजे – नेपाल विरुद्ध अफगानिस्तान
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]