default_image

6 years ago

March 15, 2019

रोनाल्डोलाई प्रतिबन्धको सम्भावना

126 views

0 Bookmark

एजेन्सी – एटलेटिको म्याड्रिड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युभेन्टसको पुनरागमनमा नायक बनेका क्रिस्टियानो रोनाल्डोलाई १ खेल प्रतिबन्ध पर्नसक्ने देखिएको छ ।

च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण कारवाहीमा पर्न सक्ने बुझिएको छ ।

पहिलो लेगमा एटलेटिको प्रशिक्षक डिएगो सिमोनले पनि त्यस्तै शैलीमा खुशी मनाउँदा उनले २० हजार युरो जरिवाना तिर्नु परेको थियो । आफ्नो आलोचकहरुलाई गोल सेलिब्रेसन मार्फत विभिन्न सन्देश छाड्दै आएका रोनाल्डोले सिमोनको त्यस सेलिब्रेसनलाई दोहोर्याउदा युरोपेली फुटबल निकाय युईएफएले उनीमाथी पनि कारबाही गर्ने प्रवल सम्भावना देखिएको हो । खेलाडी भएका कारण र खेलको मैदानभित्र उक्त हर्कत गरेका कारण उनले प्रतिबन्ध पाउने सम्भावना बढेको हो  ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.