6 years ago
March 15, 2019
म्याड्रिड (एजेन्सी)– ब्राजिलियन रक्षक इडर मिलिटाओ समरमा पोर्टोबाट क्लबमा आबद्ध हुने स्पेनिस चर्चित टोली रियल म्याड्रिडले पक्का गरेको छ ।
यसै साता जिनेदिन जिदानलाई प्रशिक्षकका रुपमा भित्र्याएको रियलले मिलिटाअोसँग ६ वर्षे लामो सम्झौता गरेको बताइएको छ । उनी सन् २०२५ सम्म बेर्नबाउ रहने भएका छन् । रियलले उनको सरुवा रकम सार्वजनिक गरेको छैन । तर, मार्काका अनुसार विगतमा भनिएको ५० मिलियनबाट बढाएर ७५ मिलियन युरोमा भित्राउने तयारी भएको बताइएको छ ।
२१ वर्षे प्रतिभावान मिलिटाओ साउ पाउलोबाट गत समरमा पोर्टो पुगेका थिए । उनले डेब्यू सिजनमै युरोपमा प्रभाव छाड्न सफल भएका थिए । उनको विक्रीमा ब्राजिलियन क्लबले समेत आर्थिक लाभ पाउनेछ । मिलिटाओले जारी सिजनमा खेलेका सबै खेलमा प्रभाव पारेका छन् ।
च्याम्पियन्स लिगमा पनि उनी नियमित रुपमा टोलीको सदस्य रहँदै आएका छन् । पोर्टो २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । यो साता अनेपक्षित रुपमा रियलका प्रशिक्षकका रुपमा जिनेदिन जिदानको पुनरागमन भएपछि क्लब पुरानै अवस्थामा फर्कने विश्वास लिइएको छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]