6 years ago
March 14, 2019
विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०१९ अन्तर्गत समूह ए बाट आयोजक नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि भुटान समूह चरणबाटै बाहिरिएको हो ।
समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जन, सावित्रा भण्डारी र निरु थापाले गोल गरेका थिए । दोस्रो खेलमा पनि भुटान पराजित भएपछि लगातार चौथो संस्करणमा अंकविहिन हुँदै घर फर्कियो ।
भुटानले हालसम्म प्रतियोगिताको १४ खेलमा १३ हार र १ बराबरी मात्र खेलेको छ । सन् २०१० मा श्रीलंकाविरुद्ध खेलेको १-१ को बराबरी नै भुटानको प्रतियोगिता इतिहासमा एकमात्र अंक हो । जारि प्रतियोगितामा भुटान समूह चरणबाट बाहिरिने पहिलो टोली पनि बनेको छ ।
समूह ‘ए’ को अंक तालिकामा नेपाल शीर्षस्थानमा रहेको छ । बंगलादेशले पनि समान ३ अंक जोडेपनि गोलअन्तरको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । शनिबार हुने समूहको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । यस खेलको विजेता समूहको शीर्ष स्थानमा रहने छ । बराबरी भएको खण्डमा नेपाल नै शीर्ष स्थानमा रहनेछ ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]