6 years ago
March 14, 2019
एजेन्सी – कप्तान लिओनेल मेसीले दुई गोल र दुई असिस्टसहित शानदार प्रदर्शन गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लियोनलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । समग्रमा ५-१ कै जित दर्ता गरेको बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएपछि बुधबार घरेलु मैदानमा बार्सिलोनाले खेल अवधिभर नै लियोनलाई दबाबमा राख्न सफल भयो । १६ औं मिनेटमा लुइस सुआरेजलाई जेसन डेनाएरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टीमा पाएको थियो । उक्त पेनाल्टीलाई मेसीले चिप गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा सुआरेज नै गोलमा संलग्न भए । उनले वन भर्सेस वनको स्थितिमा पनि कोउटिन्होलाई पास दिएपछि ब्राजिलियन मिडफिल्डरले खालि पोस्टमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५८ औं मिनेटमा लुकास टुसार्टले भलीमार्फत गोल गर्दै लियोनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७८ औं मिनेटमा मेसीले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै बार्सिलोनाको दुई गोलको अग्रता पुन: स्थापना गरे । लगत्तै मेसीको पासमा नै जेरार्ड पिकेले खालि पोस्टमा गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको ४ मिनेट समय बाँकी रहँदा मेसीकै पासमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनाको फराकिलो जित पक्का गरे ।
शुक्रबार हुने क्वाटरफाइनल चरणको ड्रले बार्सिलोनाको सेमिफाइनलको सम्भावित प्रतिद्वन्द्वी पनि बताउनेछ । बार्सिलोनाले म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, लिभरपुल, टोटेनहम हट्सपर, युभेन्टस, आयाक्स वा पोर्टोमध्य एक टोलीसँग खेल्नेछ ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]