default_image

6 years ago

March 14, 2019

रोनाल्डोबाट १ गोलमात्र असम्भव !

98 views

0 Bookmark

टुरिन (एजेन्सी)– च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडमाथि सानदार जितपछि युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन् । दोस्रो लेगमा रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सले एट्लेटिकोलाई ३–० ले हराउँदै टोली अन्तिम आठको यात्रा तय गर्न सफल भएको थियो ।

प्रशिक्षक एलेग्रीले च्याम्पियन्स लिगमा रोनाल्डोले एक गोल मात्रै गर्छन् भन्ने सोच्नु पनि असम्भव भएको बताएका छन् । च्याम्पियन्स लिगको पहिलो लेगमा सम्म यो सिजन रोनाल्डोको नाममा १ गोलमात्र थियो । तर एक खेलले फेरि उनको चर्चा फरक भएको छ । उनको सनसनीपूर्ण प्रदर्शनसहित टोली क्वार्टरफाइनल पुगेको छ ।

एट्लेटिकोसँगको खेलपछि एलेग्रीले रोनाल्डो र बाँकी टोलीको सहकार्यले सफलता मिलेको बताएका छन् । ‘रोनाल्डोले च्याम्पियन्स लिगमा एक गोलमात्रै गर्छन् भन्ने सोच्नु पनि असम्भव छ । उनी गोल गर्छन् किनकी पेनाल्टी बक्स भित्र पनि उनी राम्रो खेल्छन्,’ उनले भने, ‘समग्र टोलीले पनि राम्रो गरिरहेको छ । उत्कृष्ट समर्थकहरुको बीचमा टोली उच्च प्रदर्शन गर्न सफल भएको छ । खेलाडीले इटालियन फुटबलका समर्थकलाई साच्चै उच्च खेल हेर्ने मौका मिलेको छ । यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । ‘

प्रशिक्षक एलेग्रीले युभेन्ट्स उपाधिको मुख्य दाबेदार नभएपनि प्रतिस्पर्धी मध्येको एक भएको बताएका छन् । उनले भने, ‘हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधि हाम्रो लक्ष्य हो । यदि हामी चाँडै बाहिरिन्छौं भने त्यो पनि असफलता नै त होइन । युभेन्ट्सले हरे वर्ष च्याम्पियन्स लिग खेल्छ । आज पनि त्यस्तै भएको छ । हामी अर्को चरणमा पुगेका छौं,’ उनले भने, ‘यदि विभिन्न चरण पार गर्दै अघि बढिन्न भने उपाधि जितिन्न । ‘

इटालियन च्याम्पियनले च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावनालाई कायम राख्न अझै लामो यात्रा तय गर्नुपर्ने छ । यद्दपी रोनाल्डोको आगमनसँगै टोलीलाई बलियो दाबेदारका रुपमा भने हेरिएको छ ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.