6 years ago
March 13, 2019
विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपको दोस्रो खेलको पहिलो हाफमा भारतले माल्दिभ्सविरुद्ध ५-० को अग्रता लिएको छ ।
सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ अौं मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ अौं मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अमिनाथ लिजाको हातमा लाग्दै गोलमा परिणत भयो ।
२७ अौं मिनेटमा सन्जु यादवले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै ४-० ले अगाडी बढाइन् । पहिलो हाफको इन्जुरी समयमा रतनबाला देवीले फ्रिकिकमा सिधै गोल गर्दै पाँच गोलको अग्रता दिलाइन् ।
साविक विजेता भारतको समूहमा श्रीलंका र माल्दिभ्स रहेका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]