6 years ago
March 13, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गत मंगलबारको खेलमा डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
गत साता च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग नाटकीय रुपमा पराजित भएपछि लिग खेलमा पीएसजीले सुखद पुनरागमन गरेको हो । पीएसजीको जितमा मार्किन्होसले सातौं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको ५ मिनेट समय बाँकी रहँदा स्टार फरवार्ड किलियन एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफको सुरुवाती समयमा एन्जल डी मारियाले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै पीएसजीलाई ३-० ले अगाडी बढाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा एरिक म्याक्सिम चुप-मोटिङले गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । यस जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा १७ अंकको अग्रता बनेको छ । दोस्रो स्थानको लिलभन्दा पीएसजीले एक खेल कम खेलेको छ ।
लगातार दोस्रो तथा पछिल्लो ७ सिजनमा छैटौं उपाधि जित्ने लगभग सुनिश्चित भएको छ । प्रशिक्षक थोमस टुचेलले पनि च्याम्पियन्स लिगको पिडालाई यस जितले केहि हदसम्म बिर्साएको छ । ‘ हामीले युनाइटेडविरुद्ध खेलपछि यस्तो प्रदर्शन गर्न जरुरि थियो । अब हाम्रो लक्ष्य लिग र कपको उपाधि जित्नु हो । यसका लागि हामीले च्याम्पियन्स जसरि खेल्नुपर्छ,’ उनले भने ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]