6 years ago
March 13, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन प्रतिद्धन्द्धी साल्के विरुद्ध शानदार र प्रभावशाली जित हात पारेको छ ।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा सिटीले साल्केमाथ ७–० को शादार जित हात पारेको हो । यससँगै सिटीले समग्रमा १०–२ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । पहिलो लेगमा सिटीले ३–२ को जित हात पारेको थियो ।
सिटीको फराकिलो जितमा फरवार्ड सर्जियो अगुइरोले २ गोल गरे । यस्तै लिरोए साने, रहिम स्ट्रलिङ, बर्नाडो सिल्भा, फिल फोडेन र गाब्रियल जेससले गोल गरे । सिटीको ७ गोलमध्ये एक गोल गरेका सानेले ३ असिस्ट गरे ।
एकपक्षीय र गोलको वर्षा भएको खेलमा सिटीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो ।
सिटीले खेलको ३५औं मिनेटमा सर्जियो अग्विरोको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । बर्नाडो सिल्भालाई साल्केका जेफ्री ब्रुमाल लडाएपछि सिटीले पेनाल्टीको मौका पाएको थियो । जसलाई अग्विरोले सदुपयोग गरे । ३८औं मिनेटमा अग्विरोले व्यक्तिग दोस्रो गोल गरे । ४२औं मिनेटमा लिरोए सानेले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता बनायो ।
५६औं मिनेटमा रहिमले लिरोए सानेको पासलाई सदुपयोग गरे । ७१औं मिनेटमा सानेकै पासमा बर्नाडो सिल्भाले गोल गरेपछि सिटीले ५–० को अग्रता बनायो । ७८औं मिनेटमा फिल फोडेनले सानेको अर्काे पासलाई सदुपयोग गरेपछि सिटी फराकिलो जिततर्फ अघि बढ्यो ।
८४औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गाब्रियल जेससले गोल गरेपछि सिटीले ७–० को फराकिलो जित आत्मसात ग¥यो । साल्केले भने कुनैपनि समय सिटीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]