default_image

6 years ago

March 13, 2019

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको आकर्षक पुनरागमन

108 views

0 Bookmark

टुरिन (एजेन्सी) – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसंगै युभेन्टसले एट्लेटिको म्याड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जित हात पारेको छ । पहिलो लेगमा एट्लेटिको २-० ले विजयी भएको थियो ।

खेलको २७ औं मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै रोनाल्डोले घरेलु मैदानमा आफ्नो टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ४८ औं मिनेटमा पुन: हेडिङ गोल गर्दै रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाउंदै समग्रमा २-२ को नतिजासम्म पुर्‍याए ।

खेलको ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फाउल हुंदा युभेन्टसले पेनाल्टी पाएको थियो । सो पेनाल्टीमा रोनाल्डोले गोलकिपर जान ओब्लाकलाई विपरित दिशातर्फ पठाउंदै आफ्नो ह्याट्रिक तथा टोलीको उत्कृष्ट पुनरागमन सुनिश्चित गरेका हुन् ।

यस नतिजासंगै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ भने एट्लेटिको म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ ।

अर्को खेलमा इंग्लिस प्रिमियर लिग टोली म्यानचेस्टर सिटीले जर्मनीको साल्केलाई ७-० ले हराउंदै समग्रमा १०-२ को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ । यस अघि आयाक्स, म्यानचेस्टर युनाइटेड, पोर्टो र टोटनह्याम छनोट भइसकेका छन् ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.