6 years ago
March 12, 2019
एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यु्इएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब साल्के–४ को सामना गर्दैछ । खेल सिटीको मैदानमा आज राति १ः३० बजेपछि हुनेछ ।
पहिलो लेगमा सिटीले साल्केमाथि ३–२ को जित निकालेको थियो । सिटी आफ्नो मैदानमा यही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । लगातार उच्च प्रदर्शन गरिरहेको सिटी साल्केविरुद्ध हावी हुने अनुमान गरिएको छ । सिटीले पछिल्ला पाँच खेलमध्ये एक मात्रै बराबरी खेलेको छ ।
सिटीले पछिल्ला १० खेलमा जर्मन प्रतिद्धन्द्धीविरुद्ध एक खेलमा हार बेहोरेको छ । सिटीले २०१३–१४ को सिजनको समूह चरणमा सिटीले बायर्न म्युनिखसँग १–३ को हार बेहोरेको थियो । त्यसयताका जर्मन प्रतिद्धन्द्धीविरुद्धको भेटमा सिटीले हार भोगेको छैन । त्यसैले पनि सिटी साल्केविरुद्ध हावी हुने देखिएको छ । सिटीका सर्जियो अगुइरो, लिरोए साने, रहिम स्ट्रलिङ, रयिाद महारेज, इकए गुन्डोगान, डेभिड सिल्भा र बर्नाडो सिल्भाजस्ता खेलाडीहरु रहेका छन् । सिटीलाई क्वाटरफाइनल चरणमा पुग्न बराबरी पनि पर्याप्त हुनेछ ।
यता, साल्केलाई नकआउट चरणमा पुग्नको लागि सिटीविरुद्ध कम्तीमा पनि २–० को जित आवश्यक छ । बलियो सिटीविरुद्ध उसकै मैदानमा पराजित गर्न साल्केलाई कठिन हुने देखिन्छ । नकआउट चरणमा पुगेपनि साल्केले ९ खेलमा एक खेलमा मात्र जित हात पारेको छ ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]