6 years ago
March 12, 2019
एजेन्सी – सिजनको सुरुमै सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानको बर्हिगमनसँगै स्पेनिस महारथी रियल मड्रिडले निकै खराब प्रदर्शन गर्यो ।
रोनाल्डोको विकल्पमा क्लबले कुनैपनि स्तरीय खेलाडी अनुबन्ध सकेन । युवा र जुनियर खेलाडीको भर पर्दा रियलले यो सिजन कमजोर टिमसँग पनि लगातार हार बेहोर्न पुग्यो । यतिमात्र हैन रियलले आफ्नै मैदानमा लगातार हार बेहोर्यो । जिदानले छाडेपछि रियलले स्पेनका जुलियन लोपेटोगुईलाई हतारमा ल्यायो । तर, उनको प्रशिक्षणमा रियलले खराब प्रदर्शन गर्यो ।
लोपेटेगुईको खराब प्रदर्शनसँगै क्लबले उनलाई बर्खास्त गर्दै रियलले अन्तरिम प्रशिक्षकाको रुपमा सान्टियागो सोलारीलाई क्लबले नयाँ प्रशिक्षक बनायो । उनको प्रशिक्षणमा रियलले राम्रो सुरुवात गरेपछि क्लबले उनलाई २०२१ सम्मको पूर्णकालीन प्रशिक्षकमा नियुक्त गर्यो । तर, पछिल्लो एक सातामा दुई उपाधि (कोपा डेल रे र च्याम्पियन्स लिग) बाट बाहिरिएपछि सोलारी जागिर धरापमा परेको थियो ।
ला लिगामा शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी १२ मा रहेपछि रियलको ला लिगा जित्न सक्ने सम्भावना न्यून छ । आइतबार राति रियल भालाडोलिडलाई ४–१ ले पराजित गरेपनि क्लबका अध्यक्ष फियोरेन्टिना पेरेज सन्तुष्ट हुन सकेनन् । सोलारीलाई बर्खास्त गर्दै रियलले क्लबका पुर्व खेलाडी तथा प्रशिक्षक जिनेदिन जिदानलाई सोमबार प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।
आखिर जिदान मड्रिडमा किन फर्किए
जिदान सन् २०१६ को जनवरीमा रियलको मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा रियलले ९ उपाधि जितेको थियो । यतिमात्र हैन उनको प्रशिक्षणमा रियलले युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक पुरा गर्यो । च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेसँगै जिदानले क्लबबाट टाढिने घोषणा गरे ।
जिदानको दोस्रो इनिङ्समा रियलले अब आफ्नो पुरानो लय समात्नेमा सबै विश्वस्त छन् । रियलका पदाधिकारीहरुले रियलको प्रशिक्षकमा जिदान नै उपयुक्त भएको बताएका छन् ।
जिदानको अट्याकिङ शैली
जिदानको प्रशिक्षणको सबैभन्दा ठुलो विशेषता एट्याकिङ र फ्रि–फ्लोइङ फुटबल हो । यसमा टिम काउन्टर एट्याक र गोल सिर्जना गर्न मद्दत पुग्ने गर्दछ ।
जिदानको यो रणनीतिमा एक फरवार्ड तैनाथ हुनेछन् । उनीहरुलाई विङ्सबाट अर्काे दुई खेलाडीको साथ दिनेछन् । अब जिदानको यो रणनीतिमा लुकास भाक्जेज र भिनिसियस जुनियरले फाइदा लिन सक्नेछन् ।
जिदानको ४–३–३ को शैलीले अघिल्ला वर्षहरुमा उच्च प्रदर्शन गर्दा युरोपमा तहल्का मच्चाएको थियो । जिदानको यो शैलीमा बेल, बेन्जेमा र क्रिस्टियानो रोनाल्डो (बीबीसी) को जोडी निकै छाएका थिए । यसपटक यो शैलीमा बेल र बेन्जेमा रहेपनि रोनाल्डो छैनन् । रियल रोनाल्डोको विकल्पमा अन्य स्तरीय खेलाडीको खोजीमा छ ।
२०१९ को समर ट्रान्सफर
रोनाल्डोले क्लब छाडेसँगै उनको विकल्पमा थुप्रै नामा चर्चामा आएपनि यो सिजन राम्रा खेलाडी अनुबन्ध गर्न सकेन । तर, यसपटक रियलले खेलाडी अनुबन्धमा मोटो रकम खर्चने छ । रियलको पहिलो रोजाईमा ब्राजिलियन नेयमार रहेको छन् । नेयमारलाई ३५० मिलियन पाउन्डको अफर गरिएको छ ।
रियलले अनुबन्ध गर्न खोजेको अर्का खेलाडी चेल्सी तथा बेल्जियमका प्लेमेकर इडेन हजार्ड पनि हो । हजार्ड जिदानको मनपर्ने खेलाडी हुन् । हजार्डलाई रियलले लगातार भित्र्याउने प्रयास गरेपनि सफल हुन सकेको थिएन । ‘जिजु’ को फिर्तीसँगै रियलले हजार्डलाई अुनबन्ध गर्न सक्छ।
जिदानको आगमनसँगै साँच्चै रियलको भविष्यमा परिवर्तन गर्न सक्ने क्षमता राख्दछ । २०२२ सम्म प्रशिक्षकको रूपमा क्लबमा रहँदा रियल म्याड्रिडले फेरि एक पटक युरोपेली वर्चस्वको लागि चुनौती दिन सक्दछ ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]