default_image

6 years ago

March 12, 2019

भुटानविरुद्ध गोलवर्षाको अपेक्षा

102 views

0 Bookmark

सुबास हुमागाईं, विराटनगर

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानको सामना गर्दैछ । दिउँसो ३ बजे सुरु हुने खेलमा नेपालले कमजोर भुटानविरुद्ध गोलवर्षा गर्ने अपेक्षा गरिएको छ ।

नेपालकी कप्तान निरु थापा र भुटानकी सोनाम छोदेन

नेपालले भुटानविरुद्ध साफ च्याम्पियनसिपमा दुई पटक खेलेको छ । यसअघि सन् २०१४ र २०१६ संस्करणमा भुटानको सामना गरेको नेपालले दुवैपटक ८-० को अन्तरले भुटानलाई पराजित गरेको थियो । पछिल्लो संस्करणमा नेपालले भुटानलाई पराजित गर्दा सावित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिइन् । आजको खेलमा पनि उनीमाथि नै नेपालको गोल गर्ने जिम्मेवारी हुनेछ । प्रतियोगिता सुरु हुने केहि दिन अघिमात्र ठेउलाको समस्या देखिएपनि अहिले उनी पूर्णत फिट भएर नियमित प्रशिक्षण गर्न थालिसकेकी छिन् ।

भुटानले प्रतियोगिता सुरु हुनुभन्दा एक साता अगाडी नेपालमा आएर तयारी गरेको छ । काठमाडौंमा रहेर टोलीले नेपालको यू-१९ टोलीसँग २ मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ । एन्फा कम्प्लेक्समा भएको पहिलो खेल २-२ को बराबरीमा र एपीएफ रंगशालामा दोस्रो खेल १-१ को बराबरीमा सकिएको थियो । भुटानको टोलीमा पनि नेपालझैं युवा खेलाडीको नै वर्चस्व रहेको छ । तर अनुभवको हिसाबमा नेपाली टोली अब्बल छ ।

भुटानले अहिले सम्म साफ च्याम्पियनसिपमा जित दर्ता गर्न सकेको छैन । भुटानले प्रतियोगिताको पछिल्ला ४ संस्करणमा कुल १२ खेल खेल्दै जम्मा १ बराबरी नतिजा हासिल गरेको छ । पछिल्लो संस्करणमा श्रीलंकालाई बराबरीमा रोक्नु भुटानको सर्वोत्कृष्ट प्रदर्शन हो । भुटानका प्रशिक्षक सुङ जे लीका अनुसार भुटानी टोली युवा भएपनि पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । नतिजामुखी भन्दापनि अनुभवको खोजीमा भुटान मैदानमा उत्रनेछ । तुलनात्मक रुपमा कठिन समुहमा परेको भुटानको दोस्रो चरणमा पुग्ने सम्भावना न्यून छ ।

यता नेपाली टोली ओलम्पिक छनोट र हिरो गोल्डकपको सकारात्मक नतिजाका कारण उच्च लयमा छ । टोलीमा प्रतिस्पर्धाको भावना पनि उच्च छ र घरेलु मैदान भएकाले खेलाडी थप हौसिएका छन् । फरवार्ड र मिडफिल्डमा बलियो देखिएको नेपाली टोलीको डिफेन्सको लागि पनि आजको खेल लय समात्ने मौका हुनेछ । भुटानविरुद्ध लय बनाएर बंगलादेशविरुद्ध त्यसलाई निरन्तरता दिन आजको खेलमा प्रयास गर्नेछन् ।

आजको सम्भावित नेपाली टोली :

फरवार्ड सावित्रा भण्डारीले आक्रमण सम्हाल्दा कप्तान निरु थापाले उनलाई सहयोग गर्नेछिन् । सेन्टर मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटेको जोडी रहनेछ भने विङ्सबाट अनिता बस्नेत र मन्जलीकुमारी योन्जन खेल्नेछन् । हिराकुमारी भुजेल र मनमाया लिम्बुले दायाँ र बायाँ डिफेन्स सम्हाल्दै बेलाबेलामा आक्रमणमा पनि सहयोग गर्नेछन् । गीता रानालाई सेन्टर डिफेन्समा साथ दिन पुनम जर्घामगर र अमृता जैशीको प्रतिस्पर्धा रहनेछ । गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा र अन्जना रानामगरमध्य एकले खेल्नेछन् ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.