6 years ago
March 12, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति इटालियन महारथी युभेन्टसले आज राति स्पेनिस क्लब एट्लटिको मड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आजराति १ः४५ बजे युभेन्टसको घरेलु मैदान आलियान्ज एरिना टुरिनमा हुँदैछ ।
पहिलो लेगमा खराब प्रदर्शन गरेको युभेन्टस दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा घरेलु टोली मैदान उत्रने छ । युभेन्टस पहिलो लेगमा २–० ले पराजित भएको थियो । उक्त खेलमा एट्लेटिकोका जोसे गिमिनेज र डिएगो गोडिनले गोल गरेका थिए ।
च्याम्पियन्स लिगको पछिल्ला तीन खेलमा जित हात पार्न नसकेको युभेन्टस एट्लेटिकोलाई पराजित गर्ने योजनामा हुनेछ । युभेन्टससँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, पाउलो डिब्याला, मारियो म्यान्जुकिकजस्ता खेलाडीहरुले कुनैपनि बेला खेल परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् । तर, फरवार्ड रोनाल्डोले च्याम्पियन्स लिगको पछिल्लो ६ खेलमा एक गोल मात्र गर्न सफल हुदा टिमको स्कोरिङमा समस्या आउने देखिएको छ ।
यता, स्पेनिस क्लब एट्लेटिको मड्रिड पहिलो लेगमा बनाएको अग्रतालाई जोगाउदै अघि बढ्ने योजनामा हुनेछ । डिएगो सिमोनीको नेतृत्वमा एट्लेटिकोले अहिलेसम्म इटालियन क्लबसँग हार बेहोरेको छैन ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]