6 years ago
March 11, 2019
विराटनगर (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप सुरु हुने पूर्वसन्ध्यामा महिला टोलीलाई नगदसहित सम्मान गरेको छ ।
जापान २०२० ओलम्पिकको फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरण प्रवेश गरेको र भारतमा भएको हिरो गोल्डकपको उपविजेता टिमलाइ एन्फाले पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको हो । दुवै प्रतियोगितामा सहभागी खेलाडीहरुले प्रत्येक प्रतियोगिताको ५० हजार प्राप्त गरे ।
दुवै प्रतियोगितामा सहभागी रहेका १७ खेलाडीले एक-एक लाख र अन्यले ५० हजार पुरस्कार पाए । हाल राष्ट्रिय टोलीमा रहेका तीन खेलाडी रेखा पौडेल, उषा नाथ र पुजा रानाले ५० हजार पाए । टोलीमा हाल नरहेका अनु लामा, दिपा न्यौपाने, रन्जना दर्जी, विमला चौधरी, लगायत खेलाडीले ५० हजार प्राप्त गरे । यसबाहेक टोलीमा रहेका मुख्य प्रशिक्षक हरि खड्का, प्रशिक्षक मृगेन्द्र मिश्र र सहायक प्रशिक्षक भगवती रानामगरले जनही १-१ लाख रुपैयाँ पाए । टोलीमा रहेका फिजियोलगायत अफिसियलहरुले ५०-५० हजार प्राप्त गरे ।
स्थानीय खेलाडीलाई विशेष सम्मान
विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले राष्ट्रिय टोलीले सफलता हात पारे नगदसहित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैबीच उनले मोरङका तीन खेलाडीलाई महानगरको सद्भावना दुत नियुक्त गर्ने घोषणा गरे । राष्ट्रिय टोलीका सरु लिम्बू, मनमाया लिम्बू र कविता धिमाललाई बिराटनगर महानगरपालिकाको दुत बनाउने घोषण गरेका छन ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]