9 years ago
April 27, 2016
काठमाडौं – बाँके जिल्ला फुटबल संघको आयोजनामा यती सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल बिहीबार नेपालगन्ज रंगशालामा सुरु हुँदैछ ।
वैशाख २३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन क्लब सरस्वती, एपिएफ र त्रिभुवन आर्मीको सहभागिता रहेनेछ । प्रतियोगितामा सहभागी अन्य टोलीमा नेपालगन्ज–११, सुदुरपश्चिम–११, रुपन्देही ११, भारतको लखनउ र वेष्ट काठमाडौं एफसी रहेका छन् ।
उद्घाटन खेलमा नेपालगन्ज–११ र सुदूरपश्चिम–११ बीच हुनेछ । प्रतियोतिगाको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । पोजिसनका उत्कृष्टले जनही १५ हजार पाउने छन् । नेपालगन्जमा ३५ वर्षअघि भेरी च्यालेन्ज सिल्ड प्रतियोगिता गरिएको थियो । त्यसयता नेपालगन्ज गोल्डकपलाई ठूलो प्रतियोगिताको रुपमा हेरिएको छ ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]