default_image

6 years ago

March 11, 2019

‘भूकम्प आउँदा यसै फर्कियौं, अब यसपाली जितेर जान्छौं’

122 views

0 Bookmark

सुबास हुमागाईं, विराटनगर

भारतीय राष्ट्रिय महिला फुटबल टोलीकी प्रशिक्षक मेमोल रकीको नेपालसँग पुरानो सम्बन्ध छ । वि.सं. २०७२ को महाभूकम्पमा रकी यू-१४ टोलीको मुख्य प्रशिक्षकको भूमिकामा नेपाल आएकी थिइन् । अहिले उनी सिनियर टोलीको जिम्मेवारी सम्हाल्दै लगातार पाँचौ उपाधि जित्ने लक्ष्यसहित विराटनगर आएकी छिन् ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै मेमोल रकी (बायाँ)

सन् २०१५ मा नेपालले आयोजना गरेको एएफसी यू-१४ गर्ल्स रिजनल च्याम्पियनसिप २०१५ (साउथ एन्ड सेन्ट्रल) को तेस्रो स्थानको खेल खेल्न तयार रहेको बेलामा भूकम्प आएको थियो । दशरथ रंगशालामा त्यसबेला सेमिफाइनलमा पराजित अर्को टोली इरान र भारत दुवै ड्रेसिङ रुममा रहेका थिए । वार्मअप सेसनका लागि तयार रहँदै गर्दा भूकम्प आएपछि दुवै टोलीका खेलाडी मैदानको बीच भागमा आएर बसेका थिए । त्यसबेला टोलीकी मुख्य प्रशिक्षक मेमोल रकीले खेलाडीलाई एकतृत राख्दै स्थिति साम्य परेकी थिइन् ।

उक्त प्रतियोगिताको सेमिफाईनलमा नेपालले भारतलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा निर्मला उपाध्यायले नेपालको लागि एकमात्र गोल गरेकी थिइन् । अर्को सेमिफाइनलमा बंगलादेशले इरानलाई हराएको थियो । नेपाल र बंगलादेश फाइनल खेल्न टिम होटेल छाड्ने तयारीमा रहँदा भूकम्प आएको थियो । उक्त प्रतियोगिताको फाइनल स्थगित भएपछि केहि महिनामै पुन: नेपालमा खेलाइएको थियो जसमा बंगलादेश १-० ले विजयी रहेको थियो ।

भूकम्प आएपछि मैदानमा भारतीय टोली

महिला साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा नेपाल फर्किएकी भारतीय टोलीकी प्रशिक्षक रकिले उक्त दिनको सम्झना गरिन् । ‘ हामीले त्यसबेला नेपाल छाडेर जानुपरेको थियो । त्यो समय निकै कठिन रहेको थियो । हामीले त्यो दिन जिन्दगीभर भुल्ने छैनौं,’ उनले थपिन्, ‘ यसपटक पनि हामी कहिल्यै नबिर्सिने क्षण बनाउने लक्ष्य लिएर नै आएका छौं ।’

प्रतियोगितामा लगातार चार उपाधि जितेको भारतले यसपटक तुलनात्मक रुपमा युवा खेलाडी समेटेर टोली खडा गरेको छ । प्रशिक्षक रकीले युवा जोशले अझै राम्रो प्रदर्शन गर्न टोली आतुर रहेको बताइन् । ‘हामीले युवा टोलीलाई छनोट गर्नुको मुख्य कारण मैदानमा देखाउने प्रदर्शनले बताउनेछन् । हामीले लगातर पाँच उपाधि जित्ने लक्ष्य लिएर यहाँ आएका छौं,’ उनले थपिन्, ‘पछिल्ला केहि खेलमा हामीले आफ्नो कमजोर पाटो भेटेका छौं र त्यसलाई सुधार गर्ने अवसर हामीसँग छ । फुटबलमा कमजोर प्रतिद्वन्द्वी कोहि हुँदैन, मैदानमा राम्रो खेल्नपर्ने दबाब हुन्छ ।’

भूकम्प आएपछि निराश मुद्रामा प्रशिक्षक मेमोल रकी

भारतको समूहमा माल्दिभ्स र श्रीलंका रहेको छ । टोलीकी कप्तान आशालता देवीले पनि राम्रो तयारी रहेकाले उपाधि जित्ने नै लक्ष्य लिएको बताइन् । ‘ हाम्रो टोली युवा खेलाडीले भरिपूर्ण छ । तर हामीले सबै खेलाडीमा विश्वास गरेर ल्याएका हौँ । राम्रो खेल्नेमा विश्वस्त छु,’ उनले भनिन्, ‘ हामीले यसपटक थप मिहिनेत गरेर आएका छौं । उपाधि जित्ने लक्ष्य प्राप्त गर्न सबैले कडा मिहिनेत गर्नेछौं ।’

पत्रकार सम्मेलनको भिडियो:

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.