6 years ago
March 11, 2019
विर्तामोड (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले आयोजक मगमग झापा-११ फुटबल क्लबलाई ५-३ ले पराजित गर्दै झापा गोल्डकपको उपाधि रक्षा गरेको छ । आर्मीको जितमा फरवार्ड सन्तोष तामाङको दुई गोल निर्णायक सावित भयो ।
खेलको २३ औं मिनेटमा आर्मीले सन्तोष तामाङको गोलमा अग्रता लिएको थियो । मैदानको दायाँ भागबाट झन्डै २५ यार्ड टाढाबाट गरेको उनको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।
त्यसको १० मिनेटमा नै कप्तान भरत खवासले नवयुगको पासलाई सदुपयोग गर्दै आर्मीको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा झापाका लागि विदेशी फरवार्ड फ्रान्ससले एक गोल फर्काए ।
दोस्रो हाफको सुरुवाती समयमा झापाका योगेश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । तर नवयुग श्रेष्ठले ७५ औं मिनेटमा आर्मीको अग्रता पुन: स्थापित गरे । त्यसको केहिबेरमा नै सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
इन्ज्युरी समयमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीको फराकिलो जित पक्का गरे । अन्तिम समयमा झापाका भिक्टरले गोल फर्काएपनि खेलको नतिजा बदल्न त्यो गोल पर्याप्त रहेन ।
उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता झापाले लगातार दोस्रो पटक फाइनल गुमाउँदै ६ लाख रुपैयाँमा चित्त बुझायो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]