default_image

6 years ago

March 11, 2019

युवा टोलीको उपाधि भोक

129 views

0 Bookmark

सुबास हुमागाईं, विराटनगर

नेपाली महिला राष्ट्रिय फुटबल टोली विराटनगरमा मंगलबारदेखि सुरु हुने छैटौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका प्रशिक्षक हरि खड्काले उत्कृष्ट टोली बनेको र उपाधि जित्ने लक्ष्य रहेको बताए ।

साफको लागि घोषणा गरिएको २० सदस्यीय टोलीमा ६ खेलाडी यू-१९ उमेर समुहका सदस्य रहेका छन् । प्रशिक्षक खड्काले अन्तिम टोलीमा परेका सबै खेलाडी उत्कृष्ट भएकै कारण टोलीमा पर्न सफल रहेको बताए । ‘ राष्ट्रिय टोली बनाउँदा उत्कृष्ट मध्यका उत्कृष्ट खेलाडी छनोट गर्ने हो । हामीले प्रशिक्षण र पछिल्ला खेलहरुको प्रदर्शनको आधारमा नै टोली छनोट गरेका हौं । हामीले भविष्यबारे पनि सोच्नु पर्छ, तर अहिले जुन टोली बनेको छ त्यो नै अहिलेको अवस्थामा उत्कृष्ट टोली हो,’ खड्काले भने ।

प्रशिक्षक खड्काले फरवार्ड सावित्रा भण्डारीको स्वास्थ्य स्थिति सामान्य रहेको र टोलीमा अन्य पनि राम्रा खेलाडी रहेकाले चिन्ता लिनुपर्ने विषय नरहेको बताए । उनले समूहमा सबै टोली उस्तै रहेको र हरेक खेललाई उत्तिकै महत्त्वले हेरेको पनि बताए । ‘ हामीले कुनैपनि विपक्षी टोलीलाई सहज रुपमा लिएका छैनौं । हामीले हरेक खेल जित्दै गएर उपाधि जित्ने विश्वास राखेका छौं,’ उनले भने, ‘ बंगलादेश राम्रो टोली हो । म बंगलादेशको खेल मात्र नभएर देशको प्रशंसा गर्छु । कुनै खेल सहज हुँदैन । हामीले राम्रो प्रदर्शन गर्दै अर्को चरणमा पुग्ने पहिलो लक्ष्य राखेका छौं ।’

नेपालले पाँचौ संस्करणसम्म आइपुग्दा हालसम्म ३ पटक फाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ । सबै संस्करणमा नेपालको तगारो भारत नै बन्दै आएको छ । पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा नै भारतसँग पराजित भएको थियो । त्यसयता नेपालले ओलम्पिक छनोटमा भारतलाई बराबरीमा रोकेको छ भने अघिल्लो महिना भारतमै सम्पन्न हिरो गोल्डकपमा भारतलाई पराजित गरेको छ ।

पत्रकार सम्मेलनको भिडियो:

नेपालले पछिल्लो समय अग्रता लिनका बाबजुद रक्षापंक्ति कमजोर हुँदा नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । प्रशिक्षक खड्काले त्यसलाई सुधार गर्दै टोलीमा सन्तुलन ल्याउने प्रयास जारि रहेको बताए । ‘ पछिल्ला केहि खेलमा रक्षापंक्तिको गल्तिले हामीले जित हासिल गर्न सकेनौं । तर त्यसलाई हामीले प्रशिक्षणमा मिहिनेत गरेर सुधार्ने प्रयास गरेका छौं । अहिले रक्षापंक्ति पनि बलियो नै छ । प्रतियोगितामा त्यो समस्या सुल्झने विश्वास छ,’ उनले भने ।

घरेलु मैदानमा प्रतियोगिता खेल्नुलाई प्रशिक्षक खड्काले एक अवसरको रुपमा लिएका छन् । ‘ मैले जिम्मेवारी लिएपछि टोलीले निकै राम्रो प्रदर्शन गर्दै आएको छ । अब अझै अलिकति मिहिनेत गर्ने हो भने सफलता हात पार्न सकिने मैले देखेको छु,’ उनले भने, ‘ घरेलु मैदानमा साफ च्याम्पियनसिप खेल्न पाएका छौं । सन्तुलित टोली छ र हामी उपाधिका लागि खेल्न आएका छौं । चेलीहरुमा जितको भोक छ र त्यसलाई नै हामीले जितमा बदल्नु छ ।’

नेपाली टोली:
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बू
मिडफिल्डर : रेनुका नगरकोटी (उपकप्तान), अनिता बस्नेत, दिपा राई, मन्जलीकुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु
स्ट्राइकर : सावित्रा भण्डारी, रेखा पौडेल, निरु थापा (कप्तान), अनिता केसी

खेल तालिका :
फागुन २८ गतेः नेपाल विरुद्ध भुटान
फागुन २९ गतेः भारत विरुद्ध माल्दिभ्स
फागुन ३० गतेः भुटान विरुद्ध बंगलादेश
चैत्र १ गतेः माल्दिभ्स विरुद्ध श्रीलंका
चैत्र २ गतेः बंगलादेश विरुद्ध नेपाल
चैत्र ३ गतेः श्रीलंका विरुद्ध भारत

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.