6 years ago
March 11, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – चौथो संस्करणको मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज आयोजक झापा–११ र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
खेल डोमालाल राजवंशी रंगशालामा दिउसो २ बजेपछि हुनेछ । झापा गोल्डकपको सफल टोली आर्मी झापा गोल्डकपको उपाधिमा ह्याट्रिक तथा यो सिजन तेस्रो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ ।
आर्मीले सम्पन्न भएका तीन संस्करणमध्ये दुई संस्करणको उपाध जित्दा दुवै फाइनलमा आयोजक झापालाई नै निराश पारेको थियो । आर्मी पहिलो र तेस्रो संस्करणको च्याम्पियन बनेको थियो । दोस्रो संस्करणको उपाधि मनाङले जितेको थियो ।
चौथो संस्करणको उपाधि आफ्नै पोल्टामा पार्ने आर्मीका प्रशिक्षक चुन बहादुर थापाले बताए । ‘राम्रो टिमसँग खेल्दा एक दुई मौका पाउने हो । त्यो मौकालाई सदुपयोग गर्ने टोली नै च्याम्पियन बन्नेछ । हामी त्यही मौका सिर्जना गर्दै गोल गरेर च्याम्पियन बन्नेमा विश्वस्त छु, प्रशिक्षक थापाले भने, ‘विपक्षी अनुसारको खेलको रणनीति तयार पारेर खेल्नेछौ । हामी मिहेनत गर्नेछौं । मिहेनतको फल पाइन्छ । हामी उपाधि जित्नेमा आशावादी छौं ।’
विशाल मेमोरियल गोल्डकपको सेमिफाइनलमा आर्मीले झापामाथि ६–१ को फराकिलो जित निकालेको थियो । आर्मीले यो सिजन विशाल मेमोरियल गोल्डकप र इटहरी गोल्डकपको उपाधि जितेको थियो ।
यता, घरेलु मैदानका दर्शकको साथ पाएको झापा यस अघिको तीन संस्करणको फाइनलमा बेहोरको हारको पीडालाई बिर्सदै चौथो संस्करणको उपाधि घरमै राख्ने योजनामा मैदान उत्रनेछ । यो सिजनको पहिलो उपाधि भित्र्याउने दाउमा हुनेछ । झापाले वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकपको सेमिफाइनलमा भोगेको हारको पीडालाई भुलाउने प्रयासमा हुनेछ ।
झापाका प्रशिक्षक प्रवेश कटुवालले सुरुदेखिको लक्ष्य च्याम्पियन बन्ने रहेको बताए । ‘यसपटक टिम राम्रो बनेको छ । त्यही अनुसार हामीले तयारी गरेका छौं । प्रतियोगितामा सबै भाइटल गेम भएका कारण पेनाल्टीसम्म धकेलिनु परेको थियो । फाइनलमा समयमै गोल निकाल्नेछौं, प्रशिक्षक कटवालले भने, ‘हामी फाइनलमा तीनपटक चुकिसकेका छौं । धेरै गहन अध्ययन गरेर टिम तयार पारेका छौं । यसपटक घरेलु दर्शक निराश हुनुपर्नेछ ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछ । दोस्रो हुनेले ६ लाख ५ हजार पाउनेछ ।
झापा यसअघिको तीनै संस्करणमा फाइनल पुगेपनि सबै संस्करणमा उपविजेतामा सीमित बनेको थियो । फाइनल यात्रासम्म झापा मजवुत देखिएपनि फाइनलमा निराश हुदै आएको छ । झापा पहिलो र तेस्रो संस्करणमा आर्मीसँग पराजित भएको थियो । दोस्रो संस्करणमा मनाङसँग निराश भएको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]