default_image

6 years ago

March 11, 2019

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायो

93 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगअन्तर्गत आइतबार आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै शीर्ष ४ होडलाई थप रोमान्चक बनाएको छ । यससँगै म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रशिक्षक ओले गुनार सोल्स्जरले प्रिमियर लिगमा पहिलो हार बेहोरेका छन् ।

स्विस मिडफिल्डर ग्रानिट झाकाले खेलको १२ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फितलो प्रहारलाई युनाइटेडका गोलरक्षक डेविड डे हेयाले ठम्याउन नसक्दा आर्सनल अगाडी बढेको थियो । दोस्रो हाफमा फ्रेडले एलेक्जेन्डर लाकाजेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा पिएर एमेरिक औबामेयाङले गोल गर्दै जित पक्का गरे ।

आर्सनलमाथि दबाब सिर्जना गरेपनि गोल फर्काउन नसक्दा युनाइटेडले अंक जोड्न सकेन । आर्सनलका गोलरक्षक बर्न्ड लेनोले रोमेलु लुकाकुको दुई प्रहारलाई विफल पारे । त्यसअघि लुकाकुको प्रहार पोस्टमा लगेर बाहिरिनु युनाइटेडको लागि दुर्भाग्य सावित भयो । खेलको दोस्रो हाफमा आर्सनलका एक समर्थकले मैदान प्रवेश गरेर डिफेन्डर क्रिस स्मलिङमाथि हातपात गर्ने प्रयास गरेका थिए ।

यस नतिजाले शीर्ष ४ को प्रतिस्पर्धा भने थप रोमान्चक बनाएको छ । तेस्रो स्थानको टोटेनहम हट्स्परले ३० खेलमा ६१ अंक जोडेको छ । चौथो स्थानको आर्सनलले ६०, म्यानचेस्टर युनाइटेडले ५८ तथा चेल्सीले २९ खेलमा ५७ अंक जोडेको छ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.