default_image

6 years ago

March 11, 2019

‘म सुत्न सकिरहेको छैन’ – एमबाप्पे

125 views

0 Bookmark

एजेन्सी – पीएसजीका स्टार युवा फरवार्ड किलियन एमबाप्पेले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग नाटकीय हार बेहोर्दै प्रतियोगिताबाट बाहिरीपछि सुत्न पनि नसकेको बताएका छन् ।

पहिलो लेगमा युनाइटेडको मैदानमा २-० को जित दर्ता गरेको पीएसजीले दोस्रो लेगमा ३-१ को हार बेहोरेपछि क्वाटरफाइनल पुग्न बन्चित भएको थियो । युनाइटेडको जितमा मार्कस रासफर्डले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेका थिए । कतारी शेखको आगमनपछि ,मोटो रकम खर्चेको पीएसजीले क्वाटरफाइनल चरण पनि पार गर्न सकेको छैन । एमबाप्पेले दोस्रो लेगको नतिजापछि आफू सुत्न पनि नसकेको बताएका छन् ।

‘म स्तब्ध छु । हामीले यहाँसम्म आउन निकै मिहिनेत गरेका थियौं । म सुत्न पनि सकेको छैन । मलाई लाग्छ हाम्रो टोलीको लगभग सबैको यहि अवस्था छ,’ उनले भने, ‘ हामीले चाहेर पनि यसलाई बिर्सन सकिरहेका छैनौं । च्याम्पियन्स लिग हाम्रो प्रमुख प्राथमिकतामा रहेको प्रतियोगिता थियो । मैदान पनि समर्थकले भरिपूर्ण थियो, तर नतिजा भने हाम्रो पक्षमा आएन । हामीले चाहेको नतिजा यो थिएन ।’

फ्रान्सलाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका २० वर्षीय एमबाप्पेले अर्को सिजन पीएसजीमै रहने पनि पक्का गरे । ‘हामी यस प्रतियोगिताबाट बाहिरिनु र मेरो व्यक्तिगत स्थितिलाई जोड्नु कुनै औचित्य छैन । म यहीं रहेर हाम्रो लक्ष्यलाई पुरा गर्ने योजनामा छु । मेरो यो निर्णय परिवर्तन हुने छैन,’ एमबाप्पेले थपे ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.