default_image

6 years ago

March 11, 2019

लिभरपुलको जितसँगै उपाधि होड रोमाञ्चक

98 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको छ ।

बर्नलीमाथि ४–२ को जितसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा झार्दै लिभरपुल उपाधि होडमा उभिएको हो । लिगको ८ खेल बाँकी रहँदा शीर्षस्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७४ अंक रहेको छ । समान खेलबाट लिभरपुलको ७३ अंक रहेको छ ।

घरेलु मैदानमा लिभरपुलको जितमा साडियो माने र रोबर्टाे फिर्मिनोले समान २ गोल गरे । बर्नलीका एस्ले वेस्टवुड र जोहान वर्ग गुडमुन्डसनले समान १ गोल गरे ।

खेलको छैटौ मिनेटमा एस्ले वेस्टवुडको गोलबाट पाहुना टोली बर्नलीले खेलमा अप्रत्यासित अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई एस्लेले सदुपयोग गरेका थिए । तर, बर्नलीको त्यो अग्रता लामो समय टिकेन । १९औं मिनेटा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो ।

मोहम्मद सलाह र जर्जिन्हो विज्नल्डमको वान टु वान पासमा बर्नलीका गोलरक्षक झुक्किदा फिर्मिनोले गोल गरेका थिए । २९औं मिनेटमा साडियो मानेले भलीमार्फत सुन्दर गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो ।

६९औं मिनेटमा बर्नलीका गोलरक्षक टोम हिटनको गल्तीमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा बर्नलीका जोहानले एक गोल गरेपछि खेल ३–२ को अवस्थानमा पुगेको थियो । तर, इन्ज्युरी समयको चौथो मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.