default_image

6 years ago

March 10, 2019

माईभ्याली गोल्डकप : दार्जिलिङको विजयी सुरुवात

84 views

0 Bookmark

दीपक बोहोरा, पाँचथर

भारतको युनाईटेड क्लब दार्जिलिङले इलाममा सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता उद्घाटन खेलमा आयोजक माईभ्याली फूटबल क्लब इलामविरुद्ध १–० को जित निकालेको छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको इन्जुरी समयमा दार्जिलिङका देवासिस राइले गोल गरी टिमलाई जित दिलाएका थिए । म्यान आफ द म्याच पनि विजेता दार्जिलिङका वाङदेन तामाङ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । प्रतियोगिताअन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र नेप्लीज फूटबल एकेडेमी हङकङबीच हुनेछ । यस संस्करणमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टोलीको सहभागिता रहनेछ । यसपटक दाउफिन्स क्लब क्यामरुन, नेपाल फूटबल एकेडेमी हङकङ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), हिमालयन शेर्पा क्लब काठमाडौं, थ्रीस्टार क्लब ललितपुर,दाजिलिङ युनाईटेड क्लब भारत, मेची नेत्रालय झापा र आयोजक माइभ्याली फूटबल क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको फाइनल आगामी ५ चैतमा हुनेछ । विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँ पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.