6 years ago
March 10, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले पुनरागमन जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा पछि परेको स्थितिमा रायो भालेकानामाथि ३–१ को जित निकालेको हो ।
बार्सिलोनाको जितमा जेरार्ड पिके, कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे । भालेकानोका राहुल डि टोमसले गोल गरे ।
भालेकानोका राहुलको गोलमा खेलको २४औं मिनेटमा बार्सिलोना पछि परेको थियो । ३८औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । मेस्सीको फ्रिकिकमा पिकेले हेडमार्फत गोल गरेका थिए ।
५१औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए । नेल्सन सेमेडोलाई जोर्डी अमातले लडाएपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टीको मौका दिएको थियो । जसलाई मेस्सीले सदुपयोग गरे । ८२औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए ।
जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ७ अंकले पछि पारेको छ । मड्रिडको समान खेलबाट ५६ अंक छ । तेस्रो स्थानको रियल मड्रिडको ४८ अंक छ ।
पराजित रायो भालेकानो २३ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]