6 years ago
March 10, 2019
एजेन्सी – रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा शीर्षस्थानको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ३–१ ले पराजित गरेको हो ।
घरेलु टोलीलाई सिटीले पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । रहिमले १४ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गर्दै सिटीको जित पक्का गरे ।
४६औं मिनेटमा रहिमले पहिलो गोल गरेका थिए । ५०औं मिनेटमा रियाद महारेजको पासमा रहिमले व्यक्तिगत दोस्रो गोल गरे । ५९ औं मिनेटमा रहिमले डेभिड सिल्भाको पासलाई सदुपयोग गर्दै ह्याट्रिक पुरा गरे । ६६औं मिनेटमा वाटफोर्डका जेरार्ड डेउलोफिउले गोल गर्दै गोल अन्तर कम गरेपनि हार टार्न सकेन ।
जितसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ ।
सिटीको ३० खेलकाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक रहेको छ । पराजित वाटफोर्ड ४३ अंकसहित आठौं स्थानमा छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]