9 years ago
April 27, 2016
लन्डन (एजेन्सी) – जोय हार्टले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउने सम्भावनालाई जीवित राखेका छन् । रियाल मिड्डसँगको पहिलो लेगलाई गोलरहित बराबरी रोकेपछि सिटीले अघि बढ्ने सम्भावनालाई यथावत राखेको हो । खेललाई बराबरीमा रोक्ने क्रममा गोलकिपर हार्टले अन्त्यतिर दुई उत्कृष्ट बचाउ गरेका थिए ।
तिघ्राको चोटका कारण क्रिस्टियाने रोनाल्डो सिटीको मैदानमा उत्रेनन् । उनको अनुपस्थितिमा रियलको आक्रमण दमदार हुन सकेन । टोली कमैमात्र गोलको अवसर सृजना गर्न सक्यो । अन्तिम २० मिनेटमा भने रियालले दुईवटा शसक्त आक्रमण गर्यो, तर सफल भएन । जेसेको हेड प्रहार बारमा लागेर फर्कियो भने हार्टले कासिमिरो र पेपेको प्रयासलाई रोकेका थिए । कासिमारोले नजिकबाट गरेको हेडप्रहारलाई हार्टले बचाएका थिए । दोस्रो लेग अर्को साता रियालको मैदानमा हुनेछ । दोस्रो सेमिफाइनलको पहिलो लेग बायर्न म्युनिख र एट्लेटिको मड्डिबीच प्रतिस्पर्धा हुनेछ ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]