9 years ago
April 26, 2016
आज राती हुने यूरोपियन च्याम्पियन्स लिग फूटबलको सेमी फाइनल चराणको खेलमा रियल मड्रीडले ईंग्लिश टोली म्यान्चेस्टर सिटीसँग खेल्दैछ । नेपाली समय राती १२:३०मा सुरुहुने खेल म्यान्चेस्टर सिटीको मैदान ईतिहादमा खेलिनेछ ।
क्वार्टर फाइनलको खेलहरुमा म्यान्चेस्टर सिटीले पिएसजी र रियल म्याड्रीड्ले वोल्फ्सबर्गको चुनौती पन्छ्याएको थियो । आज रियलको लागि बेन्जेमाले नखेल्नपनी सक्छन, अगिल्लो हप्ता उनि चोटको कारण हाल्फ टाईममनाइ मैदान छडेका थिए, उन्को स्थानमा भास्केजले खेल्ने छन । रोनाल्डोपनी समान्य चोट्ले ग्रस्त छन । उता म्यान्चेस्टर सिटीका भरपर्दो मिड फिल्डर याया टुरेपनी घाइते भएर खेल गुमाउने छन ।
रियल मड्रीडले यस प्रतियोगिताको पछिल्लो ८ खेल मध्य ६ वटा खेलमा कुनैपनी गोल खाएको छैन भने म्यान्चेस्टर सिटी पछील्लो पाँच खेलमा अपराजित रहेको छ । भोलिको खेलमा म्युनिख र एट्लेटिको खेल्दै छन ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]