6 years ago
March 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२३ राष्ट्रिय पुरुष फुटबल टोलीले यसै महिना सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा तयारी गरिरहेको छ ।
राष्ट्रिय टोलीका समेत खेलाडी सम्मिलित प्रशिक्षणमा लिगका उत्कृष्ट खेलाडीहरु समेटेर पहिलो चरणको छनोट जारी छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जन र प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो सातादेखि प्रशिक्षण सुरु गरेका हुन् । तुलनात्मक रुपमा निकै बलिया टोलीविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दैछ । नेपालको समूहमा आयोजक कतारसँगै ओमान र अफगानिस्तान रहेका छन् ।
टोलीका प्रशिक्षक सुमन श्रेष्ठले छोटो तयारी समय भएपनि लिग र मोफसलका प्रतियोगिताले खेलाडीको फिटनेस राम्रो रहेकाले प्रशिक्षण राम्रो भइरहेको बताए । ‘ हामीले छोटो समय पाएपनि योजनाअनुसार नै प्रशिक्षण अगाडी बढाएका छौं । दोस्रो चरणमा पुग्ने लक्ष्य भएपनि विपक्षी टोलीहरु निकै बलिया छन् । हामीले रक्षात्मक रणनीति लिँदै काउन्टर अट्याकमा खेल्ने प्रयास गर्नेछौं । प्रशिक्षण पनि त्यसैअनुसार जारी राखेका छौं,’ उनले भने ।
हाल प्रशिक्षणमा २८ खेलाडी समावेश छन् भने दुई खेलाडी संकटासँग भारतमा जारी एक प्रतियोगितामा व्यस्त रहेकाले उपस्थित छैनन् । आइतबारसम्म ती खेलाडी पनि टोलीमा आइसक्ने र अन्तिम टोलीको छनोट चाडैं हुने टोलीका व्यवस्थापक दिनेश ब्यन्जनकारले जानकारी दिए । नेपाली टोली हालसम्म यू-२३ एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेको छैन ।
नेपालको खेल तालिका :
२२ मार्च २०१९ – १९:४५ बजे – नेपाल विरुद्ध ओमान
२४ मार्च २०१९ – २१:४५ बजे – कतार विरुद्ध नेपाल
२६ मार्च २०१९ – २१:४५ बजे – नेपाल विरुद्ध अफगानिस्तान
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]