default_image

6 years ago

March 7, 2019

साफको लागि अन्तिम टोलीको घोषणा, कप्तान अनु परिनन्

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित कप्तान अनु लामा यसै महिना विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि टोलीमा परेकी छैनन् । मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार घोषणा गरेको २० सदस्यीय अन्तिम टोलीमा अनुको अनुपस्थितिमा निरु थापाले कप्तानी सम्हाल्नेछिन् ।

फागुन २८ देखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालको समूहमा भुटान र बंगलादेश रहेका छन् । अन्तिम टोलीमा ६ खेलाडी यू-१९ उमेर समूहको टोलीका सदस्य हुन् । यसअघि नेपालले हिरो गोल्डकपमा सहभागिता जनाएको २३ सदस्यीय टोलीबाट तीन खेलाडीले अन्तिम छनोटमा स्थान पक्का गर्न सकेनन् । फरवार्ड अनुसँगै मिडफिल्डर विमला चौधरी र डिफेन्डर सुनिता चौधरी टोलीमा पर्न सकेनन् । अनु एपीएफबाट खेल्दै आएकी छिन् भने सुनिता र विमला आर्मीका खेलाडी हुन् ।

प्रशिक्षक खड्काले प्रशिक्षणका दौरान सबै खेलाडीले निकै मिहिनेत गरेको र अन्तिम छनोट गर्न निकै कठिन रहेको बताए । ‘हामीले झापा, इटहरी र विराटनगरमा राखेको प्रशिक्षण क्याम्पमा खेलाडीहरुले निकै मिहिनेत गरे । अन्तिम छनोटको प्रक्रिया निकै कठिन भयो । सबै खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका कारण छनोट गर्न सहज थिएन,’ एन्फाको वेबसाइटलाई उदृत गर्दै उनले भने,’ हामीले छनोट गरेको टोलीले घरेलु मैदानमा भइरहेको यस ठुलो प्रतियोगितामा सबैलाई गौरवान्वित गर्ने ठाउँ दिने अपेक्षा गरेको छु ।’

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा फागुन २८ गते भुटानको सामना गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल विराटनगरस्थित सहिद रंगशालामा हुनेछ ।

पूर्ण टोली :
गोलरक्षक –
एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ
डिफेन्डर – हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु
मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता केसी
फरवार्ड – रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

Success

Thank you for your time.