6 years ago
March 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसिया र कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले यसअघि निर्धारित मलेसियासँगको खेलअघि कुवेतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
एन्फाका अनुसार नेपालले २१ मार्चमा कुवेत र २६ मार्चमा मलेसिया मैत्रीपुर्ण खेल खेल्ने भएको हो । यसअघि नेपालले मलेसियासँग २५ मार्चमा खेल्ने तय भएको थियो । नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा कुवेत विरुद्धको खेल पहिलो खेल हुनेछ । दुवै खेल नेपालले अवे मैदानमा खेल्नेछ ।
नेपालले कुवेतसँग पाँचौ र मलेसियासँग सातौ पटक खेल्न लागेको हो । उनले केहि दिनमै दुई मैत्रीपुर्ण खेलका लागि टिमको घोषणा गर्ने जानकारी दिए । मुख्य प्रशिक्षक योहान कालिनले दुई मैत्रीपुर्ण खेल अनुभव बटुल्ने खेल हुने बताए । ‘युवा खेलाडीहरु थाइल्यान्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि प्रशिक्षणमा व्यस्त छन् । दुवै खेल मेरो लागि महत्वपुर्ण हुनेछ,’ कालिनले भने ।
कालीनलाई किरण श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा साथ दिएका छन् । कालीन र श्रेष्ठ पछिल्लो समय पोखराको अाहा गोल्डकप र झापा गोल्डकपमा पुगेर केहि खेल अवलोकन गरेका थिए ।
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]