default_image

6 years ago

March 6, 2019

पीएसजी र म्यानचेस्टर युनाइटेड खेल्दै

121 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार आज राति १ः४५ बजेपछि हुनेछ ।

पहिलो लेगमा पीएसजीले २–० को अग्रता बनाएको छ । सोही अग्रतालाई पीएसजी निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । पीएसजीका महँगा खेलाडीको नेयमारको अनुपस्थितिमा अर्का युवा फरवार्ड केलियन एमबाप्पे मुख्य हतियार हुनेछन् । उनलाई एडिन्सन काभानी, एन्जल डि मारिया र जुलियन ड्राक्सलरले साथ दिनेछन् ।

पीएसजीले प्रि–क्वाटरफाइनलको १६ खेलमा १ खेलमा मात्रै हार बेहोरेको छ । जसमध्ये १० जित र ५ बराबरीको नतिजा छ । त्यतिबेला पीएसजी रियल मड्रिडसँग २–१ ले पराजित भएको थियो । इंग्लिस क्लबविरुद्ध पीसएजीको राम्रो इतिहास रहेको छ । सन् २००४ सेप्टेम्वरमा जोसे मौरिन्होको प्रशिक्षणमा रहेको चेल्सीसँग ३–० ले पराजित भएयता, पीएसजीले इंग्लिस क्लबसँग हार बेहोरेको छैन । त्यसैले पनि म्यानचेस्टर युनाइटेडविरुद्ध पीएसजी हावी हुने अनुमान गर्न सकिन्छ । बराबरी वा १–० को हारले पनि पीएसजी क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

यता, युनाइटेड पीएसजीलाई उसकै मैदानमा पराजित गर्दै अघिल्लो चरणमा पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । युनाइटेडले पहिलो लेगमा आफ्नै मैदानमा २–० को हार बेहोरेको थियो । त्यही हारको बदला लिने लक्ष्यमा युनाइटेड हुनेछ । युनाइटेडले पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने, युनाइटेडले ३ मा जित समान १ बराबरी र हारको नतिजा निकालेको छ ।

च्याम्पियन्स लिगमा पछिल्लोपटक हेर्ने हो भने युनाइटेडको प्रदर्शन निकै खराव छ । प्रि–क्वाटरफाइनलमा पछिल्ला १० खेलमा १ खेलमा मात्रै जित हात पारेको छ । ६ हार र ३ बराबरीको नतिजा छ । युनाइटेडसँग पल पोग्वा, मार्कस रासफोर्ड, रोमेलु लुकाकु, एलेक्सिस साञ्चेजजस्ता स्तरीय खेलाडीहरु रहेका छन् ।

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

February 7, 2025

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, टोरेसको ह्याट्रिक

एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

Success

Thank you for your time.