default_image

6 years ago

March 6, 2019

रुस्लान थ्री स्टार झापा गोल्डकपको सेमिफाइनलमा

105 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – गोलरक्षक एलन न्यौपानेले टाइब्रेकरमा नेपाल पुलिस क्लबका सुरुवाती दुई प्रहार विफल पारेपछि रुस्लान थ्री स्टार क्लब टाइब्रेकरमा ३-० ले विजयी हुँदै मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरको सहाराबाट लिइएको थियो । थ्री स्टारले अब फाइनल प्रवेशका निम्ति घरेलु टोली मगमग झापा-११ फुटबल क्लबको सामना गर्नेछ ।

टाइब्रेकरमा रुस्लान थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले पुलिसका सुरुवाती दुई प्रहार नै बचाए । एलन अजित भण्डारी र कप्तान भरत शाहको प्रहारमा बाधक बने । थ्री स्टारका विजय धिमाल र बुद्ध चेम्जोङले टाइब्रेकरमा सुरुवाती दुई गोल गरेपनि तेस्रो प्रहारमा कप्तान विक्रम लामा चुके । पुलिसका रवी पासवानले तेस्रो प्रहार बाहिर प्रहार गर्दा रुपेश केसीले गोल गर्दै थ्री स्टारलाई अन्तिम चारमा पुर्याए ।

खेलको म्यान अफ द म्याच थ्री स्टारका गोलरक्षक एलन न्यौपाने चुनिए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा दाउफिन्स फुटबल क्लब र लाली रुपन्देही-११ फुटबल क्लब खेल्नेछन् । मनाङ मर्स्याङदीले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि दाउफिन्सले खेल्न पाएको हो ।

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

Success

Thank you for your time.