6 years ago
March 6, 2019
एजेन्सी – डच क्लब आयाक्सले रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा उत्कृष्ट प्रदर्शन गर्दै ४-१ को जित दर्ता गरेपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समग्रमा ५-३ को जित दर्ता गरेको आयाक्सले २२ वर्षपछि नकआउट चरणमा जित दर्ता गरेको हो ।
पहिलो लेगमा २-१ ले पछाडी परेको आयक्सले खेलको सातौं मिनेटमा हाकिम जिएकको गोलमा स्कोर बराबरी गरेको थियो । १८ औं मिनेटमा डेविड नेरेसले गोल गर्दै पाहुना टोलीलाई समग्रमा अग्रता दिलाए । दुवै गोलमा मिडफिल्डर डुसान टाडीचले असिस्ट दिएका थिए । उनै टाडीचले ६२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गर्दै आयाक्सलाई बलियो स्थितिमा पुर्याए ।
लगातार चौथो च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा रहेको रियल ७२ औं मिनेटमा मार्को एसेन्सियोको गोलसँगै खेलमा पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर त्यसको दुई मिनेटमा लासे स्कोनेले फ्रिकिकमा दर्शनीय गोल गर्दै आयाक्सको जित पक्का गरे । प्रतिबन्धमा रहेका डिफेन्डर सर्जियो रामोसबिना उत्रिएको रियल खेल अवधिभर समस्यामा देखिएको थियो । इन्ज्युरी समयमा नाचो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
आयाक्स घरेलु मैदानमा २-१ ले पछाडी रहेर पनि खेल उल्ट्याउने पहिलो टोली बनेको छ । सन् २०१२-१३ मा चेल्सीपछि साविक विजेता क्वाटरफाइनलमा नपुगेको यो पहिलो पटक हो । रियलले युरोपेली खेलअन्तर्गत घरेलु मैदानमा भोगेको यो फराकिलो हार हो । आयाक्सले अग्रता लिएको पछिल्लो ४८ च्याम्पियन्स लिग खेलमा पराजय भोगेको छैन ।
February 7, 2025
एजेन्सी – भ्यालेन्सीयालाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । बिहीवार भएको क्वाटरफाइनलमा भ्यालेन्सीयालाई ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा टोरेस सहित फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । बार्सिलोनाका लागि टोरेसले तेस्रो, १७औं र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]
February 6, 2025
हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]