6 years ago
March 5, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडले नेदरल्यान्डको आयाक्सको आतिथ्यता गर्दैछ ।
खेल नेपाली समयअनुसार आज राति १ः४५ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुदैछ गर्दैछ । घरेलु टोली रियल पहिलो लेगमा पाएको २–१ को जितलाई निरन्तरता दिने अभियानमा मैदान उत्रनेछ । तर, पहिलो लेगको खेलमा भिएआर विवाद चुलिएको थियो । पहिलो लेगमा करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरेका थिए ।
साविकको विजेता रियल आयाक्सलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्ने योजनामा हुनेछ । रियलले आयाक्ससँगको सबै ७ भेटमा जित निकालेको छ । यही जितलाई निरन्तरता दिने लक्ष्यमा रियल हुनेछ । रियलमा फरवार्ड करिम बेन्जेमा, भिनिसियस जुनियर, लुका मोड्रिच, टोनी क्रुस, क्यासमिरो र ग्यारेथ बेल लगायतका खेलाडीले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।
तर, पछिल्लो पाँच खेलमा रियलको प्रदर्शन राम्रो हुन सकेको छैन । रियलले २ खेलमा जित हात पार्दा तीन खेलमा हार बेहोरेको छ । दुई खेल बार्सिलोनासँग र एक खेल जिरोनासँग भोगेको थियो । त्यही हारको पीडा रियलले आयाक्समाथि पोख्नेछ ।
यता, नेदरल्यान्डको लिगमा मिश्रित प्रदर्शन गरेको आयाक्स रियललाई उसकै मैदानमा पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । आयाक्सलाई अघिल्लो चरण पुग्न रियल विरुद्ध ३–० को निश्चित जितको खाँचो छ । तर, घरेलु मैदानमा बलियो रियलविरुद्ध असम्भव नै छ ।
पछिल्लो तीन खेलको नतिजा हेर्ने हो भने आयाक्सले रियललाई पराजित गर्न सक्ने क्षमता राख्दछ । सेन्टर ब्याक तथा कप्तान सर्जियो रामोस प्रतिबन्धमा रहनुले पनि आयाक्सले फाइदा उठाउन सक्दछ । बराबरीले पनि रियल अघिल्लो चरण पुग्नेछ । आयाक्सलाई निश्चित जित आवश्यक छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]