6 years ago
March 4, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – कप्तान कर्ण लिम्बूको निर्णायक गोलमा आयोजक मग मग झापा ११ फुटबल क्लब मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पराजित गर्दै झापाले अन्तिम चारमा स्थान पक्का गर्यो ।
डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ का कप्तान कर्णले ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निशान खड्काको क्रसमा कर्णले हेडरमार्फत गोल गर्दै झापालाई अग्रता दिलाए । खेल अवधिभर झापाले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । खेलको अाठौं मिनेटमा सञ्जोग राईको क्रस पासमा कर्ण लिम्बूले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो । त्यसको एक मिनेटपछि झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओनियमाको पासमा कर्णले गोल गर्न सकेनन् । उनको प्रहार बार नजिकैबाट बाहिरिँदा अग्रता लिने अवसर गुमेको थियो ।
११औं मिनेटमा योगेश गुरुङले खाली पोष्टमा गोल गर्न सकेनन् । २५औं मिनेटमा कर्णले हङकङका गोलरक्षक अभिजित रोयसँग वान भर्सेस वानमा पनि गोल गर्न सकेनन् । उनको कडा प्रहार गोलरक्षक रोयले फर्काउँदा झापाली समर्थक निरास हुनुपरेको थियो ।
हङकङले पहिलो हाफमा दबाब बनाउन नसकेपनि दोस्रो हाफमा अाक्रमण गुमेको थियो । ५४अौं मिनेटमा हङकङका सानोजेको प्रहार पोष्टभन्दा केही माथिबाट बाहिरियो । ६४औं मिनेटमा मोहम्मद डुम्बियाले खाली पोष्टमा गोल गर्न सकेनन् । गोलकिपर दिनेश थापामगर बिट भइसकेको अवस्थामा उनले गरेको प्रहारले पोस्टको दिशा लिन नसक्दा हङकङ निराश भएको थियो ।
खेलको इन्ज्युरी समयमा हङकङका दिपेश मोक्तानले गोलकिपर थापामगरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार झापाका गोलकिपर दिनेशले बचाउँदा झापाको जित पक्का भएको थियो । खेलको म्यान अफ दी म्याच विजेता टिम मग मग झापा ११ का निशान्त खड्का घोषित भए । उनले १५ हजार रुपैंयाँ पुरस्कार पाए ।
मंगलबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए । जितपछि झापाका प्रशिक्षक प्रवेश कटवालले ६ जना विदेशी खेलाडी सहभागी टिमसँग खेल्नु पर्दा झापाका खेलाडीले दबाब महसुस गरेको बताए । हङकङका म्यानेजर नविन राईले तालमेलको अभावमा स्कोर हुन नसकेको बताए ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]