default_image

6 years ago

March 4, 2019

बराबरीमा रोकिएपछि लिभरपुल दोस्रो स्थानमा सिमित

105 views

0 Bookmark

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी एभर्टनसँग गोलरहित बराबरीमा रोकिएपछि इंगलिस प्रिमियर लिगको उपाधि जित्ने लक्ष्य राखेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।

एभर्टनलाई पराजित गरेको खण्डमा शीर्षस्थानमा फर्कने लिभरपुलले खेल अवधिभर थुप्रै गोल गर्ने अवसर चुकाएको थियो । पहिलो हाफमा मोहमद सलाहको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफर्डले बचाए । दोस्रो हाफमा पनि सलाहलाई माइकल किनले उत्कृष्ट ट्याकल गर्दै गोल गर्ने अवसर दिएनन् ।

एभर्टन र लिभरपुलबीच यो २ सयौं लिग मर्सीसाइड डर्बी रहेको थियो । यसक्रममा दुई टोलीले ३४ पटक गोलरहित बराबरी खेलेका छन् । लिभरपुलले पछिल्लो ३ प्रिमियर लिग खेलमध्य दुईमा गोल गर्न सकेको छैन । त्यसअघिका २७ खेलमा जम्मा १ खेलमा लिभरपुल गोल गर्न चुकेको थियो ।

यी दुई टोलीबीच एभर्टनको घरेलु मैदानमा भएको पछिल्ला तीन खेल गोलरहित बराबरीमा टुंगिएका छन् । मोहमद सलाहले लिभरपुलमा पहिलो पटक लगातार तीन खेलमा गोल गर्न चुकेका छन् ।

अंक तालिकामा लिभरपुलले २९ खेलमा ७० अंक जोडेको छ । यता शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले २९ खेलमा ७१ अंक जोडेको छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.