6 years ago
March 4, 2019
एजेन्सी – इटालियन सिरी ए को साविक विजेता युभेन्टसले यस सिजन पनि लिग उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो पारेको छ । आइतबार दोस्रो स्थानको नेपोलीलाई २-१ ले पराजित गर्दै युभेन्टसले अपराजित यात्रा कायम राख्दै १६ अंकको अग्रता कायम गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको २५ औं मिनेटमा नेपोलीका गोलरक्षक एलेक्स मेरेटले क्रिस्टियानो रोनाल्डोलाई लडाएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए । प्राप्त फ्रिकिकमा मिरालेम प्यानिचले गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ६ मिनेट समय बाँकी रहँदा एमरे च्यानले हेडरमार्फत गोल गर्दै युभेको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफको २ मिनेट नबित्दै युभेन्टस पनि १० खेलाडीमा सिमित भयो । जानाजान ह्यान्ड गरेको भन्दै रेफ्रीले प्यानिचलाई दोस्रो पहेंलो कार्ड देखाउँदै मैदानबाहिर पठाए । नेपोलीले ६१ औं मिनेटमा अग्रता घटायो । जोसे क्यालेहनले गोल गर्दै नेपोलीलाई खेलमा फर्काउने प्रयास गरे । नेपोलीले खेलको ६ मिनेट बाँकी रहँदा खेल बराबरी गर्ने सुवर्ण अवसर पायो ।
फाबियान रुइजको पास रोक्ने क्रममा एलेक्स स्यान्ड्रोले ह्यान्ड बल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै नेपोलीलाई पेनाल्टी दिएका थिए । तर लोरेंजो इन्सिगनेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्कियो । त्यसअघि पिटर जिलेन्सकीले गरेको प्रहार पनि पोस्टमा लागेर फर्कंदा नेपोलीले बराबरी गर्ने अवसर गुमाएको थियो ।
यस जितसँगै युभेन्टसले शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ । लिगको १२ खेल बाँकी रहेको अवस्थामा युभेन्टसले लगातार आठौं पटक लिग जित्ने सम्भावना बलियो बनेको छ । युभेन्टसको २६ खेलमा ७२ अंक छ । नेपोलीले २६ खेलमा ५६ अंक जोडेको छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]