default_image

6 years ago

March 3, 2019

मोरङलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

106 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिनको खेलमा नेपाल एपीएफ क्लबले मोरङ ११ लाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपीएफले अब त्रिभुवन आर्मीको सामना गर्नेछ ।

मोरङका तीन खेलाडी अन्य क्लबमा अनुबन्धित भएको भन्दै एपीएफले अपिल गरेपछि खेल २३ मिनेट रोकिएको थियो । मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएपनि एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो ।

पहिलो हाफको अतिरिक्त समयको नवौं ९ मिनेटमा एपीएफले हरि कार्कीको गोलमा अग्रता लियो । हरिले मोरङका गोलरक्षक किशोर गिरी अगाडी बढेको समयमा रमेश दंगालको हेडर पासमा गोल गरेका थिए । गोलकर्ता हरि खेलको म्यान अफ दी म्याच बन्दै १५ हजार रुपैयाँ पाए । सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच हुनेछ ।

हिम इलेक्ट्रोनिक्सले प्रदान गरेको एक जना भाग्यशाली दर्शकको पुरस्कार अर्जुनधारा नगरपालिकाका पदम चोङवाङले प्राप्त गरेका छन् । उनले २० इन्चको एलइडी टेलिभिजन प्राप्त गरेका थिए । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैया नगद पाउँने छ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुने छ ।

खेलपछि पोष्ट म्यच कन्फ्रेन्समा बोल्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडी बिरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताए । उनले निरन्तर खेल्नुपर्दा मोरङसँग कठिन जित निस्किएको बताए । पराजित टीमका प्रशिक्षक सञ्जिव बुढाथोकीले मानसिक रुपमा दवाव दिएर र खेलाडीमा बिवाद झिकेर प्रेसरमा खेल्दा पराजित हुनुपरेको बताए । उनले मोरङको टीम कलेक्सन भएकाले वपनि तालमेल नमिलेर हार ब्यहोर्नु परेको स्विकार गरेका छन् ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.