6 years ago
March 3, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै लिगको शीर्षस्थानमा अग्रता बढाएको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोना १-० ले विजयी रह्यो ।
बार्सिलोनाको जितमा इभान राकिटिचले २६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । डिफेन्डर सर्जी रोबर्टोसँग वन-टु पास खेलेर सिर्जना गरेको मुभमा राकिटिचले गोल गरेका हुन् । त्यसअघि रियलका गोलरक्षक थिबाउट कोर्टूवाले लिअोनल मेसी र लुइस सुअारेजको प्रहारलाई विफल पारेका थिए ।
रियलका लागि खेलको अन्तिम समयमा करीम बेन्जेमा र राफेल भारानेले पाएको अवसर सदुपयोग गर्न सकेनन् । यस हारसँगै रियल उपाधि होडबाट बाहिरिएको छ । लिगका १२ खेलमात्र बाँकी रहँदा रियल बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ । यसै साता कोपा डेल रेको कोमिफाइनलमा बार्सिलोनासँग समग्रमा ४-१ ले पराजित भएको रियल यस हारले लिगमा पनि उपाधिविहिन रहने भएको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]