default_image

6 years ago

March 2, 2019

बर्नमाउथलाई हराउदै सिटी शीर्षस्थानमा फर्कियो

99 views

0 Bookmark

एजेन्सी – घरेलु टोली एफसी बर्नमाउथमाथि १–० को कठिन जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा रियाद महारेजको एकमात्र निर्णायक गोलमा सिटीले बर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको हो ।

खेलभर नै घरेलु टोली बर्नमाउथमाथि लगातार दवाव सिर्जना गरेपनि सिटीले पहिलो हाफमा गोल गर्न सकेको थिएन । तर, बर्नमाउथले दोस्रो हाफमा सिटीलाई रोक्न सकेन ।

महारेजले ५५औं मिनेटमा डेभिड सिल्भाको पासमा गोल गरेका थिए । सोही गोल नै सिटीको जितमा पर्याप्त बन्यो ।

जितसँगै सिटी २९ खेलबाट ७१ अंक जोडेर शीर्षस्थानमा फर्किएको छ । यद्दपि एक खेल कम खेलको लिभरपुलको ६९ अंक छ ।

आइतबार लिभरपुलले एभर्टनलाई पराजित गर्न सके लिभरपुलले पुनः १ अंकको अग्रता बनाउने छ । हार या बराबरीले सिटी नै शीर्षस्थानमा रहने छ ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.