default_image

6 years ago

March 2, 2019

युनाइटेडले साउथह्याम्पटनलाई हरायो

101 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई तथा आन्द्रेस पेरेराले एक गोल गरे । साउथह्याम्पटनका यान भालिरे र जेम्स वार्ड प्रोजले समान १ गोल गरे ।

घरेलु मैदानमा युनाइटेड यान भालिरेको गोलबाट पहिलो हाफमा १–० ले पछि परेको थियो । ५४औं मिनेटमा डिएगो डालोटको पासमा आन्द्रेस पेरेरा बराबरी गोल फर्काएपछि युनाइटेड खेलमा फर्किएको थियो ।

५९औं मिनेटमा आन्द्रेसको पासमा रोमेलु लुकाकुल गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता बनाएको थियो । ७५औं मिनेटमा साउथह्याम्पटनका जेम्सले खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याएका थिए ।

८९औं मिनेटमा रोमेलु लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा युनाइटेडले पेनाल्टीको मौका पाएपनि पल पोग्वाको प्रहार गोलरक्षकले बचाइदिएका थिए ।

जितसँगै युनाइटेडको २९ खेलबाट ५८ जोडेर चौथो स्थानमा यथावत रहेको छ । साउथह्याम्पटन २७ अंकसहित रेलिगेसन जोनभन्दा १ स्थान माथि छ ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.